logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

स्थानीय तहको उपनिर्वाचन मङ्सिरअघि नै गर्न सकिने : उपप्रधानमन्त्री लामिछाने


  • जन आकाश
  • आइतबार, चैत्र २५ २०८०

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आगामी मङ्सिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताएका छन् । निर्वाचन आयोगको २०८१ सालको मङ्सिरमा सो उपनिर्वाचन गर्ने प्रस्तावप्रति इङ्गित गर्दै लामिछानेले त्यसअघि पनि गर्न सकिने धारणा राखेका हुन् ।



आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले आफूले अध्ययन गरेर त्यसलाई मङ्सिरअघि नै पनि गर्न सकिने बताए ।

‘स्थानीय तहको उपनिर्वाचनको विषय अलिकति समय लाग्ने कुरा आएको छ । टेन्टेटिबली मङ्सिरमा सकिन्छ कि भन्ने प्रस्ताव आएको छ । त्यसलाई हामीले हेर्छौँ । त्यसको अन्य विभिन्न पाटोहरूमा अध्ययन गरेर मलाई लाग्छ अहिले नै सरकारले घोषणा गर्ने कुरा त होइन । त्यसै सेरोफेरोमा हामी निर्वाचन गर्न सक्छौँ जस्तो लाग्छ । यसअघि नै मङ्सिरमा जाने भन्ने कुरा भएको रहेछ । त्यस कारणले मैले अध्ययन गर्न खोजेको छु । केही अघि पनि गर्न नसकिने होइन । तर जटिलताहरू होलान् अध्ययन गर्नुपर्छ । तर छिट्टै गर्न सकिन्छ ।’

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend