जन आकाश
कीएभ । युक्रेनको जापोरिज्जिया पावर प्लान्टमा नयाँ ड्रोन हमलापछि ‘ठुलो आणविक दुर्घटना’ हुने खतरा बढाएको संयुक्त राष्ट्रको आणविक निगरानी निकायले चेतावनी दिएको छ। रुसले तीन जनाको ज्यान जाने गरी भएको आक्रमणमा युक्रेनको हात रहेको दाबी गरेको छ । युक्रेनले यी आरोपहरूलाई अस्वीकार गरेको छ।
६ रिएक्टर भएको यो प्लान्ट रुसको नियन्त्रणमा छ र रुस–युक्रेन द्वन्द्वको अग्रपङ्क्तिमा छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले बारम्बार यस्ता आक्रमणहरू विरुद्ध चेतावनी दिँदै आएको छ। आईएईएका प्रमुख राफेल ग्रोसीले आइतबारको ड्रोन हमला ‘प्लान्टलाई ध्यान नदिई लापरवाहीपूर्वक‘ गरिएको र अब ‘आणविक सुरक्षाको लागि खतरा बढेको’ बताएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend