logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सिंहदरबारमा सभामुख देवराज घिमिरे र चार दलका शीर्ष नेताबीच छलफल


  • जन आकाश
  • सोमबार, चैत्र २६ २०८०

काठमाडौँ । सिंहदरबारमा सभामुख देवराज घिमिरे र चार दलका शीर्ष नेताबिच छलफल भएको छ ।



संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि सभामुखले दलका नेताहरूसँग छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक तथा रास्वापाका प्रमुख सचेतक सन्तोश परियार सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend