जन आकाश
काठमाडौं– स्किल वीक २०२४ पाँचौं संस्करण समापन समारोह २०८० साल चैत २६ गते आईतवार द सोल्टी होटेलमा आयोजित विशेष कार्यक्रमको बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १०० भन्दा बढि इच्छुक उत्साहीहरुको उपस्थितिमा भब्यताका साथ कायक्रम समापन गरिएको छ । कार्यक्रममा उपसभामुख इन्दिरा राणा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम ३१ मार्चदेखि ०८ अप्रिलसम्म सञ्चालन भएको थियो । यस कार्यक्रममा ५ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रबिधी एवम Dual VET/ Apprenticeship रहेका थिए ।
यसै बिच यिनै पाँच बिधामा पाँच अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई स्किल हीरो अवार्ड २०२४ उपाधीबाट सम्मानित गरिएको थियो ।
कला र संस्कृतिका लागि श्री मदनकृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्य (मह जोडी) दुई प्रसिद्ध दिग्गज कलाकारलाई समाजको परिवर्तनसँगै विभिन्न समस्यालाई कलाको मार्फत बाट हाँस्यब्यङ गर्दै आफ्नो करियर समर्पित गरेकोमा पुरस्कृत गरिएको थियो ।
त्यसैगरी उद्यमशीलता विधामा किंग्स कलेजका कार्यकारी निर्देशक श्री नरोत्तम अर्याल लाई स्किल हिरोको उपाधि प्रदान गरिएको थियो । विद्यार्थी भवनबाट बाहिर निस्कँदा, वास्तविक समस्यासँग खेल्दा, सिकाइलाई प्रतिबिम्बित गर्ने, सहकर्मीहरूसँग छलफल गरेर सिकाइलाई व्यवहारमा लागू गर्दा वास्तविक सिकाइ हुन्छ भन्ने उनको दृढ विश्वास रहेको छ ।
यसका साथै पर्यटन तथा हस्पिटालिटी विधाका लागि पर्यटनसम्बन्धी तालिम दिने नेपालको पहिलो कलेज नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्टकी संस्थापक तथा अध्यक्ष छाया शर्मा लाई सम्मान गरिएको थियो । उनी काष्ठमण्डप विद्यालय रि सार्क च्याम्बर क्राफ्ट्स भिलेजकी संस्थापक पनि हुन्, जुन सार्क क्षेत्रबाट हस्तशिल्पका लागि खुद्रा आउटलेट हो ।
त्यस्तै ब्उउचभलतष्अभकजष्उ विधामा पुष्पा चौधरीलाई पुरस्कृत गरिएको थियो । चौधरी एक योग्य शेफ हुन् जसले होटल व्यवस्थापनमा आफ्नो सीप र क्यारियर प्रदर्शन गरिसकेकी छिन् ।
सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२४ नामक भब्य कार्यक्रम सञ्चालन गरिएको थियो जसमा ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न २ प्यानेल छलफल सञ्चालन गरिएको थियो । सीईओ अनप्लग्डको पहिलो प्यानल छलफल “Strategic Alliance for Greater Impact” एवम दोस्रो प्यानलमा छलफल “The World of Work – Building a Resilient Future for Youth in Nepal” शीर्षकमा आयोजना गरिएको थियो। कार्यक्रमको बिचमा राष्ट्रिय केस स्टडी प्रतियोगिताको फाइनल प्रस्तुति पनी सम्पन्न गरिएको थियो ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम विभिन्न संसंस्थाको साझेदारिमा सन्चालन भएको थियो । FNCCI र नेपाल चेम्बर अफ कमर्स द्वारा अनुमोदित स्किल सप्ताहको सहकार्य घोषणा पनि त्यसै कार्यक्रममा भएको थियो ।
रणनीतिक साझेदारको रूपमा European Union, भारतीय दूतावास, UNHCR, स्विस एजेन्सी: ENSSURE, र काठमाडौं महानगरपालिका रहेका छन् । होन्डा, कोका–कोला, ब्रिटिश काउन्सिल, शिभा, वर्ल्ड लिंक, र काठमाडौं वर्ल्ड स्कूल साझेदारहरूको रूपमा; पहल साझेदारको रूपमा सोल्टी काठमाडौं; गोल्छा ग्रुप द्वारा समर्थित; एयरलाइन्स साझेदारको रूपमा यति एयरलाइन्स; टेक पार्टनरको रूपमा नियो ; टिकटिङ पार्टनरको रूपमा खल्ती; ज्ञान साझेदारको रूपमा किंग्स कलेज, होटल संघ नेपाल र नाडा अटोमोबाइल संघ ; पि आर साझेदारको रूपमा प्रिज्मा विज्ञापन; आउटरिच पार्टनरको रूपमा No Next Question (NNQ) र डिजिटल मिडिया पार्टनरको रूपमा व्यास मिडिया नेटवर्क, डिश होम गो रहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend