logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

हल्लाको पछाडी कुदेर मात्र देशको विकास होला र ?


  • जन आकाश
  • बिहिबार, चैत्र २९ २०८०

मोहन कार्की ।
यहा छ देशको चिन्ता तिमी, माया माया भन्छौ ।
साच्चै नबुझेर होकी बुझेर नबुझेझै र्गछ्यौ ।।
यो कृष्णहरि बरालले लेखेका गीतको सारमा भनेको भाव निक्कै गम्भिर छ । देशको चिन्ता गर्नेहरुको कुरा कस्ले सुनेको होला । माया माया भन्नेहरुको कुरा मात्र यतिवेला देशमा हावी भएको छ । बुझेर पनि नबुझेझै गर्नेहरुको त अर्कै चाल छ । जाल झेल छ । तर पनि सम्भावनाका ढोका कहिल्यै बन्द हुदैनन् भन्ने बिकल्प पनि छ ।



नेपालका युवाहरुलाई स्वदेशमा नै रोजगार सृर्जना गर्नसक्ने उद्योग कलकारखाना, व्यापार पर्यटन क्षेत्रको विस्तार, नेपालको विकासको सम्भावना भनेको जलविद्युत यस्ता विषयमा छलफल, बहस गरेर नेपालको विकास गर्न नेपाली युवाहरुलाई देशमा नै राख्ने योजना यतिवेला चहिएको छ । त्यो काम राष्ट्रका नीति बनाउन पुगेका जनप्रतिनिधिहरुले मात्र यो काम गर्न सक्छन् । काम आम नागरिकले मिलेर गर्छन । तर नीतिगत रुपमा व्यस्था नभएसम्म यस्तो ठुलो परिणामको काम नेपाली आम नागरिकले मात्र गर्न सक्दैनन् ।

अचेलका राजनीतिक पार्टीहरुको तरिकाहरु हेर्दा र निर्वाचनमा जितेर सरकारमा पुगेका वा सदनमा नीति बनाउने ठाउमा पुगेका व्याक्ति विशेषहरुलाई हेर्दा र उनिहरुले गरेका काम कारवाहीहरु देख्दा, सुन्दा गर्नुपर्ने कामहरु भन्दा एकले अर्कोलाई हिलो छ्याप छ्याप गर्ने अर्थात हल्ला बढी गर्ने, अहिले विश्वमा सदुपयोग गर्नको लागि बनेको एपहरु प्रयोग गरेर बढी प्रचारमुखी ब्याक्ति विशेषलाई प्रथामिकता दिने जस्ता चलनले प्रथामिकता पाएका देखिन्छन् । छिटो छरितो ढंगवाट सकरात्मक सन्देशहरु सामाजिक सञ्जालमा प्रर्वाह गर्न सक्नु त राम्रो काम हो ।

यस्ता सकारात्मक काम भन्दा अन्य हल्लाबाजीहरु बढी हुने तर नेपाल देशको हितमा, नेपाली जनताको पक्षमा दिर्धकालीन रुपमा आउने परिवर्तनका योजनाहरुको हल्ला पछिल्ला ४० बर्षमा कतैपनि भएको पाइएन । हल्ला त केवल अरुलाई जसले बढी गाली गर्न सक्छ । भाषण गर्ने कला जसले गर्न जानेको छ । टुका मिलाउन जसले जानेको छ । त्यस्तै मान्छेहरु मात्र देशको महत्वपूर्ण जिम्मेवारीहरुमा पुगेका देखिन्छन् । यस्ता चलनहरुले नेपालको विकासमा टेवा र नागरिकहरुलाई सेवा दिन सक्दैनन् ।

यि दुवै काम अर्थात देशलाई टेवा र जनतालाई सेवा दिन नसक्नेहरु नै देशमा हावी छन् । यस्तो परिस्थिति रहिरहुनजेल देशको विकास, जनताको उन्नति प्रगति हुने देखिदैन । यस्ता चलनहरुलाई परास्त गर्ने भनेको असल स्वभाव भएका, देश छोडेर कतै नगएका, देश भित्र अनुभवले खारिएका तर अवसरवाट सधै बञ्चित पारिएका व्यवहारमा देशभक्त देखिएका तर कहिल्यै उश्रृखल नदेखिएका मानवीय चेत भएका व्याक्तिहरुलाई आम नागरिकरुले प्रयोग गर्न पाउने मतदान गरी असल मानिसलाई नेतृत्वमा पठाउने निर्णय गर्न सक्नुपर्छ ।

समाजलाई सेवा गर्ने राष्ट्रलाई टेवा दिने समाजमा चिनेको समाज चलाउन जानेको, त्यस्ता भुक्तभोगि अनुभवि व्यात्तित्वलाई छानेर आफैले छानेको नेतृत्वलाई आफैले सल्लाह, सुझाव दिएर जनताको आवाज नीतिगत रुपमा सस्थागत गराउन लान सक्ने सरल असल मानिसलाई जिताऔ र आफ्नो भविष्य आफैले निर्माण गरौ । यसो गर्न सकिएमा मात्रै देशको विकास गर्ने आधारहरु तयारा हुन्छन् । काम गरेपछि मात्र विकास हुन्छ । हल्ला खल्ला बढी गरेर काम सिन्को नभाच्नेहरुले देशको विकास गर्न सक्दैनन् । यस्ता हल्लाको पछि आम नागरिक पनि लाग्नु हुदैन । गम्भिर हुन सिक्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend