जन आकाश
काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना वैशाख ३ गते सार्वजनिक गरेको छ ।
आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरु ल्याएको छ ।
बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् ३,२१० रुपैँया र विदेश भ्रमणको लागि ६,००० रुपैँयाको सरल किस्ताबन्दी योजना ल्याएको हो ।
बैंकको क्रेडिट कार्डबाहक महानुभावहरुले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।
साथै, यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहनुहुने महानुभावहरुलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट पाउनेछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend