logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

ट्याङ्करको ठक्करबाट एक प्रहरी जवानको मृत्यु


  • जन आकाश
  • मंगलबार, बैशाख ४ २०८१

बारा । ट्याङ्करको ठक्करबाट बारामा एकजना प्रहरी जवानको मृत्यु भएको छ । जितपुर–सीमरा गोल्डकपको फाइन खेल हेर्न गएको प्रहरी जवानको तेल ट्याङ्करले ठक्कर दिँदा मृत्यु भएको हो ।



बारा प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षका दिनेश बहादुर परियार रहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ दूरसञ्चार नजिक ट्याङ्करको ठक्करबाट उनको मृत्यु भएको बारा प्रहरीले जनाएको हो ।

पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको तेल ट्याङ्करले पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक प्रहरी जवान परियारलाई उपचारका लागि परवानीपुरको एलएल न्यूरो अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

प्रवक्ता न्यौपानेका अनुसार गम्भीर घाइते भएका प्रहरी जवान परियारको उपचारकै क्रममा मृत्यु भएको हो । तेल ट्याङ्कर नियन्त्रणमा लिइएको र चालक भने फरार रहेको प्रहरीले जनायो ।

अछाम चउरपाटी गाउँपालिका वडा नम्बर– १ निवासी प्रहरी जवान परियारको २ वटा बच्चा रहेको पर्सा प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend