logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

ताप्लेजुङमा विद्युत् आयोजना बढ्दै


  • जन आकाश
  • बिहिबार, बैशाख ६ २०८१

ताप्लेजुङ। ताप्लेजुङ जिल्ला विद्युत् उत्पादन आयोजनाको संख्या बढ्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा मात्रै १६ वटा आयोजना निर्माणाधीन छन् ।



विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट एक हजार ६ सय ५४.५१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट ४ जलविद्युत् आयोजना निर्माणाधीन छन् । मेवाखोलामा बनिरहेका आयोजनाबाट एक सय ७८.४२ मेगावाट विद्युत् उत्पादन हुनेछ । काबेली खोलामा ४ वटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५.४३ मेगावाट बिजुली उत्पादन हुनेछ ।

यसैगरी,पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुने छ । सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ ।

सिदिङवा गाउँपालिका १, इवा खोलामा तीनजुरे हाइड्रोपावरले चार दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend