जन आकाश
जहाँ बस्यो त्यही घर
गाउँमा मेरो एक सानो झुपडी छ
तर मन भरी यो सधै चट्पटी छ
जहाँ रात्री तेही त मेरो वास हुन्छ
यही मेरो घर हो भन्ने आभास हुन्छ
कहिले त्यो गाउँँको पिपल चौतरी
निदाउने दिन कही सम्झी भारी
कहिले पुग्ने देह सडक कता कता
पेटी फुट्पात घर मेरो जता कता
कहिले घर भयो मन्दिर पिढिमै
कठै यो घर भो मेरो गुम्बा सिढिमै
कहिले बन्यो गृह प्रदेश बगानमा
बिक्ष्यान बन्यो कतै नदि दोभानमा
कहिले घर मेरो लेख भेडी खर्क
कहिले घर मेरो प्रदेशी बसपार्क
सम्झिए कतै घर तिम्रो काखमै
कहिले छानो बनाय आकशमै
कति रात बन्यो मस्जिद घर
बन्यो कति घर बिरानो सहर
घर भो कति दिन आफ्नै तन
बन्यो मेरो कही घर तिम्रो मन
कहिले बन्यो घर छाता छाहारा
दिलै बन्यो घर दिलकै आहारा
शीत छेक्ने घरै वृक्ष भो जौना
रुखै घर भयो घासै बिछ्यौना
जब ढुङ्गामा सुत्यो त्यो ढुङ्गै घर
माटोमा सुत्यो फेरी त्यही माटो घर
दुश्मनको छातिमा नि घरको रहर
चिहानै बन्छहोला अन्तिम घर
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend