जन आकाश
देवजङ्ग शाही
काठमाडौं । नेपाल तरुण दलका केन्द्रिय सदस्य जित क्षेत्रीले तरुण दलको भवन निर्माणका लागि रु २००,००० अर्थिक सहयोग गरेका छन । नेपाल तरुण दलको मिति २०८० चैत्र १५ र १६ गते बसेको बैठकले केन्द्रिय भवन निर्माण अभियान संचालन गर्ने निर्णय गरेको थियो ।
त्यस पछि तरुण दलले निरन्तर चन्दा अभियान संचालन गरिरएको छ । त्यस चन्द अभियान अन्तगर्त एक कार्यक्रममा हुम्ला जिल्लाबाट तरुण दलको केन्द्रिय सदस्य बनेका क्षेत्रीले रु २००,००० अर्थिक सहयोग गरेका छन् । साथै नेपाल तरुण दलका अन्य केन्द्रिय अशोक झा रु २००,००० ,दिनेश लामा रु २००,००० ,कुमार अधिकारी रु २२०,००० ,पुष्प बस्नेत रु २००,००० ,ऋतु ग्याम्दान रु १०८,८८८ ,अम्बिका देबि बास्कोटा रु १११,५५५ र कृष्ण प्रसाद खरेलले रु ५५,५५५ रुपैया चंन्दा केन्द्रिय अध्यक्ष बिधान गुरुङलाई हस्ताक्षर गरेका छन् ।
केन्द्रिय सदस्य क्षेत्री काठमाडौंमा लामो समय देखि ब्यापार व्यावसाय र समाज सेवा गर्दै आएका छन । हाल नेपाल तरुण दलका केन्द्रिय सदस्य क्षेत्री लामो समय देखि नेबि संघबाट राजनीतिक सुरु गरेका थिए । क्षेत्री एक सफल व्यावसायिक पनि हुन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend