logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

ललितपुरको बालकुमारी–ग्वार्को सड्क ६ दिन पूर्ण रुपमा बन्द हुने


  • जन आकाश
  • बिहिबार, बैशाख ६ २०८१

काठमाडौँ । ललितपुरको बालकुमारी–ग्वार्को सड्क ६ दिन पूर्ण रुपमा बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिले वैशाख ६ देखि ११ गतेसम्म रातिको समयमा पूर्ण रुपमा सड्क बन्द गर्ने निर्णय गरेको ललितपुरका एसएसपी शेखर खनालले  बताए ।



सो सडकमा राति १० बजेदेखि ४ बजेसम्म सवारी साधन र पैदल यात्रीलाई हिँड्न पनि निषेध गरिएको छ । फ्लाई ओभर निर्माणका लागि सड्क बन्द गर्ने निर्णय गरिएको एसएसपी खनालले जानकारी दिए ।

क्रेनको सहयोगमा फ्लाइ ओभरको ब्लक जडान गर्नुपर्ने भनेर निर्माण कम्पनीले गरेको आग्रह अनुसार सो निर्णय गरिएको हो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend