logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

आजको सुन,चाँदीको मूल्य


  • जन आकाश
  • बिहिबार, बैशाख ६ २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।



अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो। आज तेजाबी सुन भने प्रतितोला एक लाख ३७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

आज बजारमा चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार सात सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भएको थियो।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend