logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

हुम्लाको सिमिकोट गाउँपालिका सहित छ वटा स्थानीय तहमा नेबिसंघले ज्ञापनपत्र बुझायो


  • जन आकाश
  • शुक्रबार, बैशाख ७ २०८१

देवजङ्ग शाही ।



हुम्ला ।  नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यसमितिको निर्णय अनुसार ५५ औं स्थापन दिवसको अबसरमा देशको बर्तमन शैक्षिक अबस्थालाई मध्यनज गर्दै १७ बुदे ज्ञापनपत्र नेपालको ७५३ वाट स्थानीय तहमा बुझाएको छ ।

त्यसै सन्दर्भमा हुम्ला जिल्लाको सिमकोट गाउँपालिकामा आज पालिका अध्यक्ष बिजय भण्डारी , उपाध्यक्ष शुशिला रोकाय , प्रमुख प्रशासकीय अधिकृत शुबाश आले मगर र प्रशासकीय अधिकृत उज्जिर रोकायलाई नेबि संघका केन्द्रिय प्रतिनिधि अंग बहादुर सिंह , नेबि.संघ हुम्ला जिल्ला सचीव बिनोद लामा र मानसरोवर बहुमुखी क्याम्पसका स्वबियु सभापति नरेन्द्र भण्डारी लगायत अन्य केहि नेबि संघका सदस्यहरुले ज्ञापन पत्र बुझएका छ्न ।

त्यस्तै नाम्खा गाउँपालिकामा केन्द्रिय प्रतिनिधि छवि लामु लामाले अध्यक्ष प्रेम लामालाई बुझाएकी छ्न । खार्पुनाथ गाउँपालिकामा केन्द्रिय प्रतिनिधि सागर कुमार शाहीले प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीलाई बुझाएका छ्न ।

चंखेली गाउँपालिकामा केन्द्रिय प्रतिनिधि कर्ण प्रसाद जैसिले प्रमुख प्रशासकीय अधिकृत पराम पाण्डेलाई बुझाएका छन । अदानचुली गाउँपालिकामा केन्द्रिय प्रतिनिधि हिक्मत सिंहले उपाध्यक्ष कर्ण रोकायलाई बुझाएका छन । ताजकोट गाउँपालिकामा केन्द्रिय प्रतिनिधि लँक थापाले गाउँपालिका प्रतिनिधि बलभद्र संजेललाई बुझाएका छन ।

सर्केगाड गाउँपालिकाको भने अहिले सम्म बुझाएको नबुझाएको कुनै जानकारी आएको छैन । सर्केगाड गाउँपालिकाको प्रतिनिधिमा केन्द्रिय सदस्य यन्जिर कार्की आफैले जिम्मेवारी लिएका थिए ।

नेबिसंघ हुम्ला जिल्ला सचिव बिनोद लामाका अनुसार शैक्षिक क्षेत्रमा नेबि संघले उठाएको मुर्दा र यो ज्ञापनपत्र महत्त्वपूर्ण रकेकोले स्थानीय तहको शैक्षिक क्षेत्रमा लागु गर्नु हुन गाउँपालिकालाई अनुरोध गरेका छन । स्वबियु सभापति नरेन्द्र भण्डारीले पनि त्यसैमा जोड दिएकाछन् ।

केन्द्रिय प्रतिनिधि अंग बहादुर सिंहका अनुसार सिमकोट गाउँपालिकाले सुझावलाई अत्यन्तै सकारात्मक र जानकारी मुलक रहेको अध्यक्ष बिजय भण्डारीले बताए । भनी हामीलाई जानकारी दिएकाछन्  । नेबिसंघको १७ बुदे ज्ञापनपत्रमा रहेका केही शैक्षिक मुर्दा सुधार भैसकेका छन भने हुन बाँकि रहेका शैक्षिक मुर्दालाई लागु गर्ने छौं भनी प्रतिबद्धता दिएका छ्न ।

त्यसै उपाध्यक्ष शुशिला रोकायले नेबिसंघले राम्रो सुझाव र सल्लाह दिएको बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत सुबाश आले मगर र अधिकृत उज्जिर रोकायले नेबि.संघको ५५ औं स्थापन दिवसको शुभकामना दिनु भएको केन्द्रिय प्रतिनिधि सिंहले जानकारी दिएकाछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend