logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

आगो निभाउने क्रममा जलेर २ जनाको मृत्यु


  • जन आकाश
  • शुक्रबार, बैशाख ७ २०८१

काठमाडौं । आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु भएको छ ।



मृत्यु हुनेहरुमा स्याङ्जाको बिरूवा गाउँपालिका–७ कुमेरदुङ कि ७४ वर्षीया रेउसरी गुरूङ र दाङको लमही नगरपालिका–९ तरूलिया बस्ने ७० वर्षीय वीरबहादुर बोटे छन् । आफ्नो बारीमा कोदोको बीउ राख्नलाई पातपतिंगर जलाउने क्रममा आगो जंगलमा सल्कन गई निभाउने क्रममा जलेर रेउसरीको घटनास्थलमै मृत्यु भएको हो ।

त्यसैगरी आफ्नै घर र कच्ची गोठ आगलागी हुँदा घरभित्र रहेको सामान निकाल्न जाँदा जलेर बीरबहादुरको मृत्यु भएको हो । आगलागीबाट घर, गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सोही ठाउँ बस्ने जित बहादुर बोटेको कच्ची घर र कच्ची गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend