logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

श्रीलंकाको सैनिक एकेडेमीमा कारको ठक्करबाट ७ जनाको मृत्यु


  • जन आकाश
  • सोमबार, बैशाख १० २०८१

काठमाडौं । श्रीलंकामा खेल प्रतियोगिताको क्रममा एउटा कार मानिसहरुको भिडमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।



दुर्घटना राजधानी कोलम्बोबाट करिब १८० किलोमिटर पूर्वमा पर्ने दियातालावा भन्ने शहरमा आइतबार भएको हो । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।

श्रीलंकाको सैनिक एकेडेमीमा आयोजित प्रतियोगिता हेर्दा करिब ४५ हजार दर्शक सहभागी थिए । श्रीलंका सैनिक र श्रीलंका अटोमोबाइल स्पोर्ट्सले प्रतियोगिता आयोजना गरेका थिए ।

यो घटनापछि प्रतियोगिता रोकिएको थियो । प्रहरी प्रवक्ताले एउटा कार ट्र्याक छोड्दै कार्यक्रमका दर्शक र खेल अधिकारीहरुको भीडमा ठोक्किएको बताए । उनका अनुसार चार अधिकारीसहित सात जनाको दुर्घटनामा मृत्यु भएको छ । घाइते २० जनाको उपचार अस्पतालमा भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend