जन आकाश
दृष्टिविहीन तिम्रो त्यो मन
कुनै दिन तिमी मेरो लागि भगवान थियौ
मैले रहर बेचेर तिमीलाई दिएको बिर्सियौ
भक्त चिन्न सकेनौ कशिङ्गर सम्झी कुल्चियौ
मैले सपना बेचेर तिमीलाई दिएको भुल्दियौ
बनाई रित्तो मेरो सबै खुसीहरु बाधेर लियौ
मेरो उमेर तिमिलाई पल्लबी खर्चेको बिर्सियौ
पगाली मेरो सबै चाहाना हिमनदी झै पोखियौ
मैले मेरो रगत तिम्रै निम्ति पोखेको बिर्सियौ
बनाई मेरो दिलको ढाल आफू तिखारी खियौ
तिम्रो भाग्य मैले लेख्ने कोसिस गरेको बिर्सियौ
न देब न दानव सरी तिम्रो जिन्दगी कसरी जियौ
प्यास मेटाउन सपना मेरै रगत पसिना पियौ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend