जन आकाश
काठमाडौं । गीत सङ्गीत क्षेत्रमा सानैदेखि रुचि भएकी यमुना बि.सी सपनाको सहर काठमाडौं आएर पढाई सँगसँगै गीत सङ्गीतको यात्रा सुरु गर्दै छिन् । गीत सङ्गीत प्रति एकदमै रुचि भएकी भाग्यलाई भन्दा कर्मप्रति विश्वास राख्ने, सुरिलो स्वरकी धनी यमुना बि.सीे नेपाली मौलिकता झल्कने लोक गीतबाट आफ्नो साङ्गीतिक भविष्यको सुरुवात गर्दै छिन् । सङ्गीत प्रति विश्वास गरेर एक दिन सफल गायिका भएर चिनिन्छु भन्ने सोच बोकेकी छिन् ।
संर्घष गरेर गीत सङ्गीत क्षेत्रमा स्थापित हुने आफ्नो गायकी प्रस्तुतिबाट दर्र्शकहरुलाई नचाउने सोच बोकेर अगाडी बढेकी यमुना बि.सी दोहोरीमा काम गर्दा कतिले नराम्रो नजरले हेर्ने, नराम्रो अर्थ लाउने, समाजले सङखा गर्ने जस्ता व्यवार सहनु पर्ने तर दोहोरीमा काम गर्दमा सबै छोरी मान्छे बिग्रिन्छन् भन्ने नहुने । त्यो आफूमा भर पर्ने आफूले अरूलाई जस्तो व्यवहार गरो अरूले पनि त्यस्तै व्यवहार गर्ने बताउँछिन् ।
गाउँ घरको उकाली, ओराली, घाँस दाउरा, मेलापात गर्दा रेडियोमा बज्ने गीत सुनेर गीत सङ्गीत प्रति आकर्षित भएकी यमुना बि.सी गाउँको पढाई सकेर गायिका बन्ने रहरै रहरमा काठमाडौं आइन् अनि आफ्नो रोजीरोटीको लागि दोहोरी साँझमा काम गर्न थालिन् । दोहोरीबाट कमाएको थोरै रकमले काठमाडौंको महँगो ठाउँमा बस्न त्यति सहज भएन घरबाट कतै ननिस्केकी बि.सी काठमाडौंमा आएर दोहोरीबाट कमाएको थोरै रकमले कोठा भाँडा, गाँस, वास कपास जुटाउन एकदमै गारो भएको, आमा बुवाले घरको जिम्मेवारी कसरी समालेका रहेछन् भन्ने आफू घर छोडेर सबै जिम्मेवारी समाल्नु पर्दा थाहा भएको बताउँछिन् ।
गाउँले जीवन र गाउँले परिवेशमा हुर्केकी बिसी सहरमा जति नै सेवा सुविधा भएपनी गाउँघरको माटो, आफू जन्मेको ठाउँ नै प्यारो लाग्ने पछि आफू नाम चलेको गायिका बने पनि आफ्नो गाउँघरमै रमाउने नव गायिका यमुना बि.सी जन आकाश मिडियाका सम्वादाता बिनोद कार्कीसँग बताउँछिन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend