logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

थेरवादी बुद्ध धर्म प्रचारक मध्यकी बिश्वकै प्रभावशाली धम्मवती गुरुमाँ सम्यक् सम्मान द्वारा सम्मानित


  • जन आकाश
  • आइतबार, बैशाख १६ २०८१

काठमाण्डौ । सम्यक कर्मको अनुशीलन जीवनकालमै सम्मान’’ लाई मूल मन्त्र बनाएको समानान्तर बौद्ध आध्यात्मिक पत्रिका सम्यक् सन्देशले थेरवादी बौद्ध धर्मकी शिखर व्यक्तित्व श्रद्धेय धम्मवती गुरुमाँको योगदानको कदर गर्दै सम्यक् अभिनन्दन गरेको छ ।



नेपाल प्रज्ञा प्रज्ञा प्रतिष्ठानमा ‘धम्मवती वीरता महोत्सव’ को आयोजना गरि सो सम्मान प्रदान गरिएको हो । उक्त अवसरमा धम्मवती वीरता महोत्सव तथा कार्यक्रम सफल पार्न तथा समाजमा विशिष्ट योगदान दिई गरिमामय उचाइ प्राप्त गरेका अन्य चवालिस विशिष्ट व्यक्तित्वहरुलाई समेत ‘धम्मवती वीरता पदक’२०८१ प्रदान गरिएको थियो ।

सम्यक् सन्देशका सल्लाहकार तथा श्रद्धेय गुरुमाँ अभिनन्दन समारोह समितिका संयोजक श्यामलाल चित्रकारको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा तथा चारुमती बुद्ध विहारका अध्यक्ष भिक्षु तपस्सीधम्मको विशेष आतिथ्यमा अग्गमहागन्थवाचक पण्डित सासनधज धम्माचरीय भाषाथुवा श्रद्धेय धम्मवती गुरुमाँको समुपस्थितिमा धम्म मोली विहार प्रमुख डा.धर्मविजय गुरुमाँ शिक्षाविद् एवं समाजसेवी केदारनाथ श्रेष्ठ, सल्लाहकार तथा पूर्व भिक्षु डा.लक्ष्मण शाक्य लेखक तथा अध्येता लोचनतारा तुलाधर,लेखक समालोचक तथा पद्मकन्या क्याम्पसका उप-प्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, सम्मानित हुने व्यक्तित्वहरु लगायायत सयौंका सख्यामाा उपस्थित महानुभावको समुपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि भुपाल राईले थेरवादी बौद्ध शिक्षाको प्रचार प्रशारका क्षेत्रना आफ्नो जीवनको उर्जाशील समय मात्र नभई पुरै जीवन समर्पण गर्ने विश्वकै प्रभावशाली पदमावती गुरुमाँ लाई सम्मानित गर्न पाउनु नै अहोभाग्य रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै राईले ‘सवै भाषा सवै ज्ञान, सवैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नारा अंगिकार गरिएको बताउँदै सवै ज्ञान भित्र बुद्ध शिक्षा,ज्ञान र दर्शन समेत अटाउने भएकोले सहकार्यका लागि प्रज्ञा प्रतिष्ठान सवै वर्ग समुदाय तथा भाषा भाषी संग सहकार्य गर्न तयार रहेको बताए । आफू फरक क्षेत्र,भाषा र धर्मको रहेको भए तापनि त्यस्तो आदरणीय व्यक्तित्वलाई प्रज्ञा प्रतिष्ठानको कुलपतिको हैसियतमा सम्मान गर्न पाउनु नै अहोभाग्य रहेको बताए ।

यसैगरि साहित्यकार तथा पद्मकन्या क्याम्पसका उप-प्रा.ज्ञाननिष्ठ ज्ञवाली सवै धर्म दर्शनले परोपकारी,त्यागी,तपस्वी हुनका लागि प्रेरित गर्ने बताउँदै आमा आफैंमा प्रिय शब्द त्यसमा पनि थेरवादी बुद्ध धर्मको प्रचार प्रशारमा पुरै जीवन समर्पण गर्ने धम्मवती गुरुमाँलाई अभिनन्दन गर्ने कार्यक्रमको साक्षी बस्ने अवसरका लागि समेत ठूलै पुण्यको कमाइले मात्र पाइने बताए ।

लोचनतारा तुलाधर युवाहरुलाई बौद्ध ज्ञान दिनुपर्छ भनेर पदमावती गुरुमाको अगुवाईमा स्थापना गरिएको धर्मकिर्ति विहारको संरक्षकत्वमा पदमावती गुरुमाको सवल नेतृत्वमा संचालन गरिएकोले प्रभावकारी रहेको छ । विश्वव्यापी किर्तिको प्रभाव फैलिरहेको छ । अन्तर्राष्ट्रीय ध्यान केन्द्र ताइवानको अगुवाईमा नेपालमै आई सम्मान गरिनु भएकी गुरुमाको प्रभाव देश देशावरमा छ । स्नेही छोरी उपन्यासका बारेमा समेत चर्चा गरेकी छन् ।

कार्यक्रममा अन्तर्राष्ट्रीय साहित्य समाज पोरचुगलकी सचिव गोमा रेग्मीले गुरुमाँको बारेमा छन्द कविता तथा नेपाल नेपाल प्रज्ञा प्रतिष्ठानकी राधा कार्कीले आ-आफ्ना कविता सुनाएका थिए । कार्यक्रममा सामूहिक रुपमा अभिनन्दन गरिने अभिनन्दन पत्रको व्यहोरा कार्यक्रम संचालक समेत रहेका सम्यक् संदेशका अध्यक्ष दीपक भेटुवालले वाचन गरेका थिए ।सो अवसरमा सम्यक् संदेश पत्रिकाको तेत्तिसौं अंक समेत विमोचन गरिएको थियो । वर्षैभरी विभिन्न कार्यक्रमको आयोजना गरी जन्मदिन तथा प्रवर्जित दिवस मनाउने जानकारी गराएका छन् ।यसैक्रममाा श्यामलाल चित्रकार अन्तर्राष्ट्रीय स्तरमा सुविख्यात थेरवादी बौद्ध धर्मको उपासक गुरुमाँलाई सम्मान गर्न पाउनु अहोभाग्य रहेको बताउंदै गुरुमाँको ज्ञान र उपदेशलाई आत्मसात गर्न सकेमा ठूलो उपलब्धि हुनेा विचार व्यक्त गरे ।

उक्त कार्यक्रममा केशावती गुरुमाँ , डा. धम्मविजय गुरुमाँ कुशलञाणी गुरुमा सद्वाचारी गुरुमा , कृष्णबहादुर श्रेष्ठ, घनश्याम राजकर्णिकार , संघरत्न शाक्य, अमृतमान ताम्राकार डा. सुमन कमल तुलाधर,केशवमान चित्रकार , माधव घिमिरे ‘अटल’ कुमार रञ्जित , हिरण्यकुमारी पाठक,चन्द्रेश तुलाधर जलेश्वरी श्रेष्ठ, जयराम बिडारी, प्रेमलक्ष्मी तुलाधर इन्द्रकुमारी नकर्मी , प्रफुल्ल कमल ताम्राकार,डा. रिना तुलाधर, लोचनतारा तुलाधर, चित्रा शोभा तुलाधर ,गङ्गाप्रसाद भेटवाल ,केशव डङ्गोल,सुरेश किरण मानन्धर,सिद्धार्थ रञ्जित,सिमा खान,अगम्यरत्न कंसाकार,बलराम जगत,बेटी बज्राचार्य, वरदेश मानन्धर,अरुणसिद्धि तुलाधर,रमा कंसाकार,उद्योग रत्न तुलाधर, रत्न सुन्दर शाक्य,सुमार्ग क़ानूनी सेवाका राकेश महर्जन,अमृत रत्न ताम्राकार,लीलादेवी श्रेष्ठ,मिश्री रञ्जित, मदन रत्न मानन्धर, अशोकनन्द बज्राचार्य ,मीना तुलाधर,लगायतलाई धम्मवती गौरव पदक तथा प्रमाण-पत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै धम्मवती गुरुमाँले परिवर्तनशिल संसारमा हामीले सदैव अशल कर्म गर्दै जानुपर्ने बताउँदै हरेक मानिस गुण र दोषको सम्मिश्रण हुने भएकोले यो मान्छे मन पर्छ यो मन पर्दैन नभनि मानिसले मानिसलाई मात्र नभई समग्र प्राणीलाई र प्रकृतिको माया गर्नु नै समस्त मानव जातिको उद्देश्य रहनुपर्ने बताउनु भयो । समधर्मको सार रहेको करुणा दया प्रेम र अहिंसाको पक्षपाती हुनुपर्ने भन्दै नश्वर जीवनमा अशल गुणले भरिपूर्ण मानव बन्नका लागि हरदम प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । यसैक्रममा चारुमती बुद्ध विहारका अध्यक्ष भिक्षु तपस्सीधम्मद्वारा बुद्ध धर्मका प्रशिद्ध भिक्षुणी चारुमतीको ऐतिहासिक भूमिकाका बारेमा प्रकाश पार्दै गुरुमाँ धम्मवती समेत १४ वर्षको कलिलो उमेरमा गृहत्याग गरी बुद्ध धर्ममा प्रवर्जित एक असाधारण क्षमताको प्रतिमूर्तिको रुपमा अत्यंत सम्मानित व्यक्तित्व रहेको बताउंदै पुण्यानुमोदन गरिएको थियो ।

सम्यक सन्देशका अध्यक्ष दीपक भेटवाल दीपसागरद्वारा कुशलता पूर्वक संचालन गरिएको कार्यक्रम सभ्य एवं भवज रुपमा सम्पन्न गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend