logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

‘माइतीघर’ अभिनेता लोहनीको अन्त्येष्टि


  • जन आकाश
  • मंगलबार, बैशाख १८ २०८१

काठमाडौं । निजी क्षेत्रबाट निर्माण गरिएको पहिलो नेपाली फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनीको पार्थिव शरिरलाई सोमबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।



अल्माइजर्स रोगबाट पीडित लोहनीको अपरान्ह १ः३० बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा ८६ वर्षको उमेरमा निधन भएको थियो । प्राप्त तस्वीरमा अस्पतालमै लोहनीकी धर्मपत्नी तथा चर्चित बलिउड अभिनेतृ माला सिन्हाले शोकमग्न हुँदै श्रद्धाञ्जली दिएकी छन् ।

अन्नपूर्ण न्यूरो अस्पतालबाहिर श्रद्धाञ्जली दिँदै बलिउड अभिनेतृ तथा लोहनीकी धर्मपत्नी माला सिन्हा । अस्पतालबाट उनको पार्थिव शरिरलाई पशुपति आर्यघाट लगिएको थियो । मुम्बईमा रहेकी एकमात्र छोरी काठमाडौं आउन नसकेपछि पुरेतले शवमा दागबत्ती दिएका थिए । लोहनीको निधनमा फिल्म वृत्तले श्रद्धाञ्जली दिइरहेको छ ।

सरकारी जागिरे समेत रहेका लोहनी एकैसाथ गायक तथा अभिनेता पनि हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend