logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

गर्मीको कारण बुटवलका विद्यालय २ दिन बन्द


  • जन आकाश
  • बिहिबार, बैशाख २० २०८१

बुटवल । बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरुमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।



बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा केही दिनयता तातो हावा चल्न थालेकोले विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकाले वैशाख २० गते बिहीवार र २१ गते शुक्रवारका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend