logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न


  • जन आकाश
  • बिहिबार, बैशाख २० २०८१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसय गरी लक्ष्य पुरा गर्न सफल करिब १४० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा नेपालको पर्यटकिय क्षेत्र घान्द्रुकको भ्रमण गराएको  छ ।



भ्रमण कार्यक्रममा सहभागि भएका बरिष्ठ अभिकर्ताहरुले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरियर रहेका अभिकर्ताहरु बिच चिनजान हुनुका साथै एक आपसको अन्र्तक्रियाबाट धेरै कुराहरु जान्न बुझ्न पाउने अवसर जुराई दिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

३ रात ४ दिन सम्म संचालन गरिएको उक्त भ्रमण कार्यक्रममा सहभागि अभिकर्ताहरुले यथेष्ट मनोरञ्जन लिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend