logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

PhonePe द्वारा नेपालमा UPI मार्फत संचालित आफ्ना सेवाहरूको प्रदर्शनी


  • जन आकाश
  • शुक्रबार, बैशाख २१ २०८१

काठमाडौं । PhonePe  भारतले आज काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (UPI)   प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ।



कार्यक्रमले, बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, यु.पी.आई (UPI)  भुक्तानी लिने व्यवसायीहरु र व्यापार संघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ।

उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक Fonepay ले समर्थन गरेको थियो जो नेपाल(भारत क्रस बोर्डर यु.पी.आई (UPI) अन्तरआवद्दताका लागि यन.आई.पी.यल (NIPL) को को काउन्टरपार्टी पनि हो।

उक्त कार्यक्रममा Fonepay नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा द्वारा, नेपालको डिजिटल अर्थतन्त्रको लागि यु.पी.आई को सम्भावनाको बारेमा बिशेष सम्बोधन भएको थियो ।

यसको साथसाथै कार्यक्रममा, नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रस बोर्डर भुक्तानीको प्रभावको बारेमा संलग्न रुपमा प्यानल छलफल भएको थियो। उक्त प्यानलमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ, ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र विवेक राणा ICT/MIS  कन्सल्टेन्ट् , एसियाली विकास बैंक एडीबी जस्ता प्रतिष्ठित प्यानल सदस्यहरु थिए ।

उक्त प्यानल छलफलमा, क्रस बोर्डर भुक्तानी र यसले नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावका साथै अन्तर्राष्ट्रिय लेनदेन सहजीकरणमा नियामक अवरोधहरू र अनुपालन (Compliance) मागहरूको बिषयमा चर्चाहरु भएका थिए । सुविधाजनक नगदरहित भुक्तानीहरू मार्फत, नेपालको पर्यटन क्षेत्रमा यु.पी.आई को सकारात्मक प्रभावलाई सदुपयोग गर्दै, कसरी समग्र पर्यटकहरुको अनुभवलाई बृदि गर्न सकिन्छ भन्ने बारे प्यानलका सदस्यहरुद्वारा छलफल भएको थियो ।

यसका  साथै , क्रस बोर्डर भुक्तानीहरूले वित्तीय संस्थाहरूको राजस्व प्रवाह र व्यापार मोडललाई कसरी प्रभाव पार्छ भन्ने बारेमा पनि थप अध्ययन भएको थियो। प्यानल सदस्यहरुले सुविधा, अन्तरआवद्दता, सुरक्षा र लागत प्रभावकारिता जस्ता पक्षहरूमा ध्यान केन्द्रित गर्दै नेपालमा उपभोक्ताका अनुभवमा UPI को प्रभाव बारे छलफल गरे ।

सेवा नपुगेका साना र मझौला उद्यमीहरूलाई प्रभाव पार्ने वैकल्पिक भुक्तानी विधिहरू मार्फत क्रस बोर्डर भुक्तानीहरूको बृहत् आर्थिक प्रभावहरूको बारेमा पनि उक्त छलफल बाट बाहिर आयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend