जन आकाश
काठमाडौ । साहित्यकार बीडी त्यागीको एक्काइसौं स्मृति दिवसको अवसरमा जेठ १९ गते बुधबार एक कार्यक्रमका साथ बीडी त्यागीको स्मृति गरियो । बीडी त्यागी स्मृति केन्द्रले साहित्य सदन रामहिटीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकारहरु प्राडा हेमनाथ पौडेललाई बीडी त्यागी स्मृति सम्मान २०८१ ,डा विदुर चालिसेलाई बीडी त्यागी बिशिस्ट सम्मान २०८१, बियोगी बुढाथोकीलाई एक सय एक सिक्काको थैली सहित बीडी त्यागी स्मृति पुरस्कार २०८१ र बिसुकुमार केसीलाई बीडी त्यागी प्रतिभा सम्मान २०८१ अर्पण गरियो ।
यसरी नै महिला उद्यमी तथा गीतकार कमलाश्री थापालाई बीडी त्यागी योगदान सम्मान २०८१ अर्पण गरिएको थियो ।यो पटक साहित्यकार बीडी त्यागीको परिवारहरुले सम्मानित प्रतिभाहरुलाई सम्मान अर्पण गर्नुभएको थियो ।
सम्मानलाई पुजा भन्दै जेठी छोरी कविता काफ्लेले अक्षताको टिका लगाइन भने हात खाली गर्न हुन्न भन्दै माहिली छोरी शैली चिमोरियाले प्रतिकात्मक दक्षिणाको रुपमा १०५ रुपैयाँको खाम अर्पण गरेकी थिइन । कान्छी छोरी समीक्षा अधिकारीले मालाको रुपमा खादा पहिराइदिएकी थिइन् ।जेठो छोरा केन्द्रका अध्यक्ष कृष्ण आचार्यले सास र धर्मपत्नी तथा केन्द्रकी संरक्षक गौरी आचार्यले सम्मान पत्र अर्पण गर्नुभएको थियो ।
पुरस्कारको सिक्का भने त्यागीको अटिजम भएको नाती सम्मान आचार्यले हस्तान्तरण गरेका थिए ।त्यागीका नाति शुसोभन चिमोरियाबाट संचालित कार्यक्रममा केन्द्रका अध्यक्ष कृष्ण आचार्यले स्वागत, प्रतिभा चयन समितिका संयोजक वरिष्ठ उपन्यासकार शङ्कर भारतीले धन्यवाद ज्ञापन र सम्मानितहरुको तर्फबाट प्राडा हेमनाथ पौडेलले मन्तव्य राख्दै साहित्यकार बीडी त्यागी,केन्द्र र सम्मानको बारेमा प्रकाश पार्नुभएको थियो ।
कविहरु त्रिलोचन आचार्यले कविता र दुर्गा अधिकारी भमरकोटेले सुसेली मार्फत प्रतिभा परिचय दिनुभएको सो कार्यक्रममा साहित्यकारहरु वेदमणि घिमिरे,गङा पौडेल ,अच्युत पौडेल चिन्तन,विष्णुबहादुर सिंह ,ओमप्रसाद कोइराला ,रामचन्द्र दाहाल,ढुण्डीराज पोखरेल ,ध्रुबराज थापा,विक्रम श्रेष्ठ सागर,भिमार्जुन ढुंगाना ,विष्णु ओली,राजेशमान केसी,कुमार पोखरेल,केशव सान्दाइ,विमल कोइराला ,कलाकारहरु करुणा पोखरेल,कुमार चिमोरिया,अम्बिका अर्याल,जमुना पोखरेल, लगायत पाँच दर्जन व्यक्तित्वको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बीडी त्यागीको पुस्तक बिक्रीबाट आएको र पछिल्लो चरणमा कपन बानेश्वर साहित्यिक साप्ताहिकको आजीवन सदस्यहरुबाट आएको रकममा पहिलो चरणमा एक लाखको अक्षय कोष स्थापना गरेर बीडी त्यागी सर्जक उपचार कोष आगामी साउन ५ गते कबाको बाह्रौं वार्षिकोत्सबमा स्थापना गर्ने घोषणा गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend