logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सूर्यज्योति लाइफको १६औं वार्षिक साधारणसभा सम्पन्न


  • जन आकाश
  • शनिबार, बैशाख २२ २०८१

काठमाडौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा मिति २०८१ वैशाख २१ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराले गरेका थिय । उक्त सभामा कम्पनीका सञ्चालकहरु, शेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।



साधारणसभाले सञ्चालक समितिको आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको मिति २०७९ साल पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को मिति २०७९ साल पौष ६ गतेको नाफा÷नोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गर्नुका साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को नाफा÷नोक्सान हिसाव, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गरेको उल्लेख छ ।

सभाले आर्थिक बर्ष २०८०/०८१ को लागि सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको उल्लेख छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजी रु. ४,५४,५५,७२,१००।– (अक्षरेपी चार अर्ब चवन्न करोड पचपन्न लाख बहत्तर हजार एक सय मात्र) को १०.२६ प्रतिशतका दरले हुने रकम रु.४६,६३,७५,६९७/४६ (अक्षरेपी छयालिस करोड त्रिसठ्ठी लाख पचहत्तर हजार छ सय सन्तानब्बे र पैसा छयालिस मात्र) बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस शेयर वितरण पश्चात् हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गरी रु.५,०१,१९,४७,७९७/४६ पु¥याउने प्रस्ताव पारित गर्नुका साथै हाल कायम चुक्ता पूँजी रु.४,५४,५५,७२,१००।– को २४.७४ प्रतिशतका दरले हुने रकम रु.१,१२,४५,७४,५३७÷५४ नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend