जन आकाश
नेपालमा जव समस्या आउछ । तव मात्र जुन सुकै कामको तयारी गर्ने गरेको पाईन्छ । यतिवेला सुख्खा मौषमको समयमा जताततै आगलागी भएको छ । यहि वेलामा मानिसहरुले सम्बन्धित निकायलाई गाली गर्न भ्याएका छन् ।
अर्कोतर्फ सरकार मातहतका सम्बन्धित निकायहरुले पनि यहि आगलागी भएपछि त्यो आगलागी हुने ठाउमा गएर आगो निभाउन प¥यत्न गरेकाछन् । अनि यहि वेलामा अनेक खालका उपायहरुको खोजि गर्न लागेकाछन् ।
न्याउरी मारे पछुतो उखानसँग मिल्ने गरी नेपालका स्थानीय मानिसहरुको चेत, त्यस्तै खालको स्थानीय सरकार, त्योभन्दा उपल्लो तालुक निकाय भनेर आफुलाई ठुलो ठान्ने डिभिजन वन कार्यलयहरु, प्रदेश सरकारहरु, त्याहाभन्दा माथिको नेपाल सरकार सवै अग्रीम तयारी केही नगर्ने समस्या आएपछि मात्र समस्या आयो भनेर कराउने गर्दछन् ।
यस्तो तरीकाले कहिल्यै पनि आगलागी डढेलोको समस्या सावधान हुदैन । यस्ता समस्या सावधान गर्न सवै सरोकार पक्षहरुले दिर्धकालीन योजना बनाएर काम गर्नुपर्ने हुन्छ । त्यो सुख्खा मौषम शुरु हुनुभन्दा आगाडी नै आगलागी हुने सम्भावित क्षेत्रहरुको पहिचान गर्ने त्यस्ता क्षेत्रमा सावधानी अपनाउने, आगलागीलाई रोक्ने उपायहरु के के छन् । सवैभन्दा महत्वपूर्ण भनेको मानवीय चेतना हो । मानिसहरुकमा डढेलो लगाउदा कतिपयले रमाइलो मानेर डढेलो लागउने गर्दछन् ।
ति मानिसहरुलाई सामान्य डढेलो लाग्दा प्राकृतिक रुपमा पर्यवरणीय समस्या के के आउन सक्छन् । वन विनास हुदा खानेपानीको मुहानहरु कालान्तरमा सुक्छन् । मानिसहरुमा विभिन्न खालका समस्याहरु आउछन् । त्यो समस्याले स्वम त्यसै डढेलो क्षेत्रका मानिसहरुलाई असर पुग्छ भन्ने जानकारी मुलक कार्यक्रम राखेर अग्रीम काम गरेर आउदा दिनमा डढेलो लाग्न नै नदिने प्रभावकारी कार्यक्रम गर्न कन्जुस्याई गर्नुहुदैन ।
यस्तो कार्यक्रम गरी नेपालमा आगलागीवाट बर्षेनि हुदै आएको वनमा लाग्ने आगो आगोले पु¥याउने वन, धन, जनको क्षतिलाई कम गर्न सकिन्छ ।
यसरी धन, जनको क्षति हुन नदिनको लागि अग्रीम तयारी नै महत्वपूर्ण काम हो । त्यो काम सवै मिलेर गर्ने गरौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend