logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

स्रष्टा र सिर्जना, दिपेश पराजुलीको अस्तित्वको अनुभूति


  • जन आकाश
  • सोमबार, बैशाख २४ २०८१



तेज प्रकाश बानियाँको कलमवाट

१ साहित्यकार दिपेश पराजुलीको जन्म २०३८ साल फागुन ११ गते काठमाडौंको नयाँ बानेश्वर, मिलन चोकमा भएको हो । बाबु बाल साहित्यकार गोपाल पराजुली र आमा माधवी पराजुली का कनिष्ट सुपुत्रको रूपमा जन्मिएका उनको बाल्य अवस्था माता पिताका साथ घरैमा वित्यो । कखरा घरैमा सिक्दै गर्दा नजिकैको इन्द्रधनुष माध्यमिक विद्यालयमा भर्ना भई त्यसैबाट एसएलसी उत्तीर्ण गरे । पस्चात उच्च शिक्षाकोलागि कलेजमा अध्ययन गर्दैजादा अमेरिका जानको लागि परिस्थिति मिलेकोे हुदा सोही अनुसार घरका बाबुआमाको हेरचाह गर्ने काम दाइ संतोषलाई जिम्मा लगाई आफुले आफ्नो र बालबच्चाको उज्वल भविश्यको खोजिमा अमेरिका हानिए ।

२ वाध्यतावस विदेश गएपनि घर, बाबुआमा, जन्मभूमि एवम् मातृभाषा र मानी आएको सनातन संस्कारलाई कहिल्यै भुलेनन् । अंग्रेजी र नेपाली दुवै साहित्यमा रुचि राख्ने दिपेश, अमेरिका गएपछि पनि नेपाली भाषालाई उत्तिकै माया छ उनको । अमेरिकी जस्तो व्यस्त जीवनमा पनि कतै समय भयो कि साहित्य साधनमा मन लगाएर उनले अंग्रेजीमा दुई र नेपालीमा एक गरी हालसम्म तीन थान पुस्तक प्रकाशित गरीसकेका छन् । मातृ भाषामा छापिएको ‘अस्तित्वको अनुभूति’ नामक पुस्तक मेरा हात प¥यो ।

३ मैले उक्त कविता संग्रह अध्योपान्त पढें । पुस्तकमा जम्मा बीस गोटा मार्मिक, पेचिला यथार्थतामा आधारित गद्य कविताहरू समाविष्ट छन् । गद्य कविता भैकन स्केलले नापेर बनाए जस्तो बीसै गोटा बराबर लम्बाइका एक से एक स्तरीय कविताहरू छन् । उत्कृष्ट कविता छानेर एकदुइ लाइन उद्धृत गर्न पनि हम्मे–हम्मे प¥यो । त्यो दुसाहस गरीन । कविता भत्रे यस्तो विधा छ कि यसमा छन्दको ज्ञान भएको मानिसले अलिकति मात्र ध्यान दिएर भाव अनुसार रसपूर्ण शब्दहरू संयोजित भएको कवितालाई साहित्यको सारथी वा पारखीले पाठ गर्ने हो भने कवि, लेखक र यसका आमन्त्रित स्रोता मात्र नभई एकनासले बासीरहेको ढुकुर पनि टक्क रोकिएर पाठ गरेको कविता सुत्र थाल्ने अवस्था सिर्जना गर्ने क्षमता राख्दछ । तर पराजुलीका कविता अर्ध छन्दमा छन् र पनि मिलाएर पाठ गर्नेकालागि तेजिला छन् । कुनै भन्दा कम छैनन्र । कविता मार्फत उनले जीवनको भोगाइमा आइपर्ने आरोह अवरोह, देश विदेश, घर परिवार आदि विभित्र खाले अनुभूति, एवम सामाजिक कुरिति अन्ध विश्वास जस्ता सम्पूर्ण कुरालाई इङ्गित गरेका छन् ।

४ अन्त्यमा, उनले व्यस्तताका वावजुद पनि बिदेशमा रहेर मातृ भाषालाई माया गरी पुस्तक प्रकाशित गर्नु भनेको सचेत नागरिकले मातृभूमि र मातृभाषा प्रति देखाएको अगाध श्रद्धा को म सम्मान गर्दछु । कविताहरू स्तरीय भएकाले नातिदेखि हजुरवा सम्मले पठन योग्य छन् । दिपेशको साहित्यिक भविश्य उज्वल छ । पछि पनि नेपाली साहित्यमा उनको योगदान रहिनै रहोस् भत्रे कामनाका साथ आजलाई यत्ति ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend