जन आकाश
काठमाडौ । आज सुनुवार सेवा समाज संघिय समितिको ३६ औ स्थापना दिवशमा प्रमुख अतिथिको रुपमा पुगेका सस्कृति तथा पर्यटन नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले नेपालको २०७२ सालको संविधान संसारकै नमूना भएको बताएकाछन् । उनले २०७२ सालको नयाँ संविधानले जातजतिको अधिकारको लागि सुनिश्चित गरेको छ । संविधान संशोधन गर्न मिल्ने ठाउँहरु रहेका हुनाले अपुरो रहेका जनजातिले प्राप्त गर्नुपर्ने अधिकार थप्न सकिने सम्बोधनका क्रममा बताएका थिए ।
त्यसैगरी विशेष अतिथिकिो रुपमा आएका संविधानसभा सदस्य यज्ञराज सुनुवारले यतिवेला बोल्ने भन्दा पनि काम गर्ने वेला भएको भनेर ३६ औ स्थापना दिवशको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा नेपाल सरकारका उपसचिव समेत रहेका अमरदीप सुनुवारले विगतदेखि अहिलेसम्म यस सस्थालाई योगदान गर्ने सवैलाई धन्यावदा दिएका थिए । बिभिन्न जातजातिका पदाधिकारीहरुले आ–आफ्ना धारणाहरु राखेका थिए ।
सुनुवार सेवा समाजका सस्थापक प्रेम सुनुवार हावालीले विगतमा जुन उदेश्यले यस संस्थाको स्थापना गरेका थियौ । आज प्रगति भएको छ तर सोचेजस्तो उन्नति भएको छैन । भन्दै आउदा दिनमा सुनुवारहरुको एकता अपरिहार्य रहेको बताएका थिए ।
कार्यक्रमको सभापति समेत रहेका सुनुवार सेवा समाज संघिय समितिका अध्यक्ष अमृत बाहादुर सुनुवारले कार्यक्रमलाई सफल बनाउन आमन्त्रित देशभरीवाट आएका प्रतिनिधिहरुलाई धन्यवाद दिदै खुल्ला शत्र सम्पन्न भएको घोषणा गरेका थिए । आज नै बन्द शत्र गरेर साधरणसभा सम्पन्न गर्ने बताएकाछन् ।
खुल्ला शत्रको कार्यक्रम सञ्चालन त्यसै संस्थाका सचिव रमेस सुनुवारले उत्कृष्ट ढंगवाट गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend