logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सुसेली मञ्चको छैटौं वार्षिकोत्सव सम्पन्न


  • जन आकाश
  • बुधबार, बैशाख २६ २०८१

काठमाडौ । राष्ट्रिय सुसेली मञ्च नेपालको छैटौं वार्षिकोत्स भव्यताका साथ सम्पन्न भएको छ ।



यही २०८१ वैशाख २५ गते मातातीर्थ औँसीको अवसरमा संस्थाका महासचिव दामोदर ढकाल दीपकको सभापतित्व, संस्थाकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको संचालन एवम् वरिष्ठ कवि नेपाली साहित्य जगतकी नारी हस्ताक्षर गंगा लिगलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथिहरू वरिष्ठ कवि गंगा कर्माचार्य, वरिष्ठ कवि वेदमणि घिमिरे, प्राध्यापक डा. शैलेन्दुप्रकाश नेपाल, वरिष्ठ व्यङ्ग्य कवि तथा गीतकार डा. बमबहादुर जिताली, वरिष्ठ कवि तथा साइनो प्रविधाका प्रवर्तक डा. छायादत्त न्यौपाने, कवि साहित्यकार तथा संचारकर्मी राजन न्यौपाने लगायत करिब १०० जनाभन्दा बढी कवि साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

सभापति दामोदर ढकालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपस्थित सबैमा स्वागत गर्दै सुरु भएको यस छैटौं वार्षिकोत्सव कार्यक्रममा सुसेली मञ्चका अध्यक्ष दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’को ‘आमा’ बृहत् सुसेली शोक काव्य र नवसर्जक सफलता न्यौपानेको ‘सफलताका सुसेली’ सुसेली सङ्ग्रह पुस्तकहरूको लोकार्पण गरिएको थियोे ।

‘आमा’ बृहत् सुसेली शोक काव्यको समीक्षा कवि चन्द्रा न्यौपाने (केन्द्रीय सल्लाहकार – राष्ट्रिय सुसेली मञ्च, नेपाल) ले र ‘सफलताका सुसेली’ को समीक्षा मञ्चका अध्यक्ष दुर्गा भमरकोटेले गर्नुभएको थियो ।

राष्ट्रिय सुसेली मञ्च, नेपालद्वारा निरन्तर रूपमा हरेक महिनाको तेस्रो शनिबार बेलुका ०५:०० बजेदेखि संचालित सुसेली गायन एवम् वाचन कार्यक्रम अन्तर्गत गत २०८० मा हरेक महिनाको कार्यक्रममा एकएक जना उत्कृष्ट सुसेली वाचक/गायक छनोट गरिएका १२ जना उत्कृष्ट सुसेलीकारहरूलाई कार्यक्रममा उपहारले सम्मान गरियो ।

मूल्याङ्कन कर्ताहरूमा कवि श्री कलानिधि दाहाल ज्यू, अनुवादक स्व.तिलकप्रसाद लुइँटेल ज्यू, श्री डिल्लीप्रसाद मूलतिहुन ज्यू र अध्यक्ष श्री भमरकोटे ज्यू लगायत कार्यक्रममा अहिलेसम्म उत्कृष्ट हुन सफल निम्न सुसेली लेखक, वाचक एवम्  गायकहरूले उपहार प्राप्त गर्नुभएको थियो ।

उपहार प्राप्त गर्ने र उपहार प्रायोजन गर्नेहरूको नामावली यस प्रकार रहेको छ ।

१. बैशाख:  श्री रामशरण न्यौपाने, सौजन्य: गंगा लिगल सुसेली कोष
२. जेठ:  श्री सुरेशचन्द्र घिमिरे, गंगा लिगल सुसेली कोष
३. असार: श्री जानुका थापा रायमाझी, गंगा लिगल सुसेली कोष
४. साउन: श्री कल्पना भट्टराई अधिकारी, डा. शेषचन्द्रा सुसेली कोष
५. भदौ: श्री उत्तम विचार भेटुवाल, केशव विमला सुसेली कोष
६. असोज: श्री चन्द्रा न्यौपाने, कृष्णचन्द्र/कमला सुसेली कोष
७. कात्तिक: श्री सुचिता काफ्ले, गंगा लिगल सुसेली कोष
८. मंसिर: श्री कृष्णप्रसाद पौडेल, गंगा लिगल सुसेली कोष
९. पुस: श्री घनश्याम पौडेल, गंगा लिगल सुसेली कोष
१०. माघ: श्री सुशीला ढकाल अधिकारी, गंगा लिगल सुसेली

कोष
११. फागुन: श्री कृष्णदेव रिमाल, गंगा लिगल सुसेली कोष
१२. चैत: सफलता न्यौपाने / राम सुशीला कोष
१३. समीक्षक कलानिधी दाहाल, ऋतु/सुचिता सुसेली कोष
१४. समीक्षक तिलकप्रसाद लुइँटेल, तीर्थस्थल भमरकोट सुसेली कोष
१५. समीक्षक: डिल्लीप्रसाद मूलतिहुन, गंगा लिगल सुसेली कोष

यसैगरी सुसेली मञ्चका लागि एक लाख रुपैयाँको अक्षयकोष खडा गरिदिने प्रमुख अतिथि गंगा लिगलको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको थियो भने कवि सुशील आचार्यलाई आधा दर्जनभन्दा बढी विद्यालयहरूमा सुसेली प्रशिक्षण गरी सुसेलीको प्रचार प्रसारमा सहयोग गर्नु भएकाले उत्कृष्ट कार्यका लागि सम्मान गरिएको थियो ।

यसैगरी कवि चन्द्रा न्यौपाने, डा. बमबहादुर जिताली, कम्प्युटर सहयोगी अस्मिता कडेल र सभापति दामोदर ढकाल दीपकलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो भने पुस्तकहरूमा शुभकामना लेखिदिनुहुने एक दर्जन साहित्यकार तथा सहयोगीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

विशिष्ट अतिथिहरू डा. शैलेन्दुप्रकाश नेपाल, डा. शेषरमण न्यौपाने, डा. बमबहादुर जिताली, डा. छायादत्त न्यौपाने, राजनप्रसाद न्यौपाने लगायतबाट शुभकामना मन्तव्य र मञ्चका कोषाध्यक्ष कृष्णबहादुर केसीबाट संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत भएको भयो । कार्यक्रमको अन्त्यमा १५ जना कवि साहित्यकारहरूले विमोचित पुस्तकहरूबाट सुसेली वाचन गर्नुभएको भयो ।

यसरी अन्त्यमा सुसेली गायनका
साथमा छमछमी सुन्दर नृत्यहरूमा रमाउँदै कार्यक्रम सभ्य, भव्य एवम् रम्यका साथ सुसम्पन्न भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend