जन आकाश
हेटौंडा । नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१र८२ मा विशेष कार्यक्रम ल्याउने भएको छ ।
यसका लागि प्रदेशभित्रै उत्पादन र बजारीकरणमा संलग्न गराउने गरी युवा शक्तिलाई परिचालनका निम्ति प्रदेश सरकारले सूक्ष्म ढंगले अध्ययन गरिरहेको बताइएको छ ।
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, बागमती प्रदेशको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ–बागमती प्रदेशको संयोजनमा विहीबारबाट सञ्चालित साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम उद्घाटन गर्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले भने, ‘बागमती प्रदेशमा पर्यटन, वनक्षेत्र, उत्खनन क्षेत्रमा आधारित मौलिक हिसाबले बनाइएका बस्तुुहरुको माग छ ।
स्वदेशी तथा विदेशी पर्यटकहरुको रोजाई पनि नेपालको पहिचान दिने बस्तुहरु रहेको छ । तर, मौलिक बस्तु बनाएर पहिचान दिन खोज्नेलाई बुझाउन सकेनौ, बजार खोजिदिन सकेनौं । त्यसैले पनि कोशेली घर, औद्योगिक ग्राम र ई–कमर्शलाई अघि सारिएको हो ।
विगतमा स्थापना भएका औद्योगिक ग्राम र कोशेली घरको प्रचारप्रसार राम्ररी हुन नसकेको बताउँदै मन्त्री श्रेष्ठले यी कार्यक्रमहरुलाई निरन्तरता दिँदै समयअनुसारका नयाँ नयाँ कार्यक्रमहरु ल्याएर उद्यमीहरुलाई प्रोत्साहन गर्ने नीति रहेको बताए ।
, ‘बागमती प्रदेशका १३ वटै जिल्लामा औद्योगिक ग्राम र ११९ स्थानीय तहमा कोशेली घरहरु सञ्चालनमा ल्याउँदैछौं । यस्तै, प्रदेशमातहत ई–कमर्शमा आधारित कार्यक्रम कम्तीमा १० जिल्ला, १० देखि १५ निर्वाचन क्षेत्र र आधाभन्दा बढी स्थानीय तहहरुमा लागू हुने गरी आगामी योजना बनाउने लक्ष छ’, श्रेष्ठले भने ।
निर्देशनालयको आर्थिक वर्ष २०८०र८१ मा स्वीकृत वार्षिक सीप विकास, जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी कृयाकलापअन्तर्गत हेटौंडाबाट ३ दिनसम्म साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम सुरु भएको हो ।
कार्यक्रममा नेउवा महासंघ बागमती प्रदेशका उपाध्यक्ष गुणराज श्रेष्ठले अधिकांश लघु तथा घरेलु उद्यमीहरुलाई उत्पादन प्रवद्र्धन गर्ने तरिका थाहा नहुँदा बजारमा सजिलै बिक्ने र अत्यधिक माग भएका बस्तुहरुसमेत त्यसै थन्किएका दृष्टान्त दिए ।
प्रदेश महासंघले पहिलो पटक प्रदेश सरकारसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्दा लक्षित वर्गलाई अधिकाधिक फाइदा पुग्ने विचार व्यक्त गरे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend