logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

लेक लागेर एक युवकको मृत्यु


  • जन आकाश
  • शुक्रबार, बैशाख २८ २०८१

सुर्खेत । यार्सागुम्बा टिप्न गएका जाजरकोटका एक युवाको डोल्पामा लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका–१ का १९ वर्षीय देवेन्द्र गुरुङ रहेका छन् ।



उनको यार्सागुम्बा खोज्नका लागि पाटन तर्फजाँदै गर्दा से–फोक्सुन्डो गाउँपालिका–५, दुलुङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

उनका अनुसार देवेन्द्रको मंगलबार मृत्यु भए पनि प्रहरीले भने बिहीबार बेलुका मात्रै जानकारी पाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend