logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सूर्यज्योति लाइफको सुबिधायुक्त Dynamic QR सेवा संचालनमा


  • जन आकाश
  • सोमबार, बैशाख ३१ २०८१

 



सूर्यज्योति लाइफले आफ्ना प्रबिधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा Dynamic QR Payment System संचालनमा ल्याएको छ।
Dynamic QR Payment System को उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन उक्त भुक्तानीको Notification र अन्य विवरण मोबाईल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको छ।

Dynamic QR Payment System मा विभिन्न बैंकको नियमानुसार अधिकतम रु. ३ लाख सम्मको भुक्तानी गर्न मिल्ने सुबिधा रहेको र Fone Pay को माध्यम प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी वा Connect IPS APP लगायत अन्य Digital माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री भन्नुहुन्छ “अरु क्षेत्रमा Dynamic QR   पहिलेदेखि नै प्रचलनमा भए पनि जीवन बीमाक्षेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकका लागि फरकफरक QR बन्ने र भुक्तानी गर्नासाथ आफैँ सिस्टममा अपडेट हुने यसको विशेषता हो । यस Dynamic QR Payment System को मद्दतले सेवाग्राहीहरुले घरमै बसी आफ्नो मोबाईल अथवा सूर्यज्योति लाइफको वेबसाईट मार्फत् आफ्नो विवरण भरि Dynamic QR प्राप्त गर्ने र सो Dynamic QR Scan गरि छिटो छरितो रुपले बीमाशुल्क भुक्तानी गर्न सक्नुका साथै भुक्तानीको विवरण सेवाग्राहीहरुले तुरुन्तै SMS मार्फत प्राप्त गर्न सक्नुहुनेछ ।”

यो सुविधा लिन बिमितहरुले देश भरि रहेका १७८ शाखा कार्यालयहरु वा आफैले घरमै बसेर सूर्यज्योति लाइफको वेवसाइटमा गई Services option वा https://services.suryajyotilife.com/ आफ्नो बीमालेख र पोलिसी नम्बर राखी सजिलै लिन सक्ने उल्लेख छ ।,

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend