जन आकाश
मकानपुर । बाल विकास कार्यक्रम नेपाल CDPN को आयोजनामा सम्पन्न भएको शिविरमा थाक्रे गाउँपालिका, फ्रन्टलाईन हस्पीटल र तिलगंगा अस्पतालको सहयोग रहेको थियो। शिविरबाट ६६९ जना लाभान्वित भएको फ्रन्टलाईन हस्पिटलकाअस्पताल प्रशासन प्रमुख कृष्ण नेपाली र पब्लिव रिलेसन डिपार्टमेन्ट का प्रमुख रवि खड्काले जानकारी दिएका हु्न् ।
शिविरमा १ सय ८३ जनाको आँखाको परिक्षण,९९ जनाको जनरल फिजिसेन् सेवा लिएका छन्, यसैगरी शिविरमा ५२ जनाको दन्त परिक्षण, नाक कान तथा घाँटी ७८ जना, बाल रोग ४६ जना र १०१,हड्डी तथा नसा, ११०महिला सम्बन्धी रोगको परीक्षण साथै आवसेक को भिडियो एक्सरे भएको फ्रन्टलाईन को नेपाली र खड्काको भनाई छ।
भने शिविरमा निशुल्क औषधी समेत वितरण गरीएको थियो । आँखाको परिक्षण गराएका मध्ये ३३ जनाको आँखाको अप्रेशन गर्नुपर्ने देखिएको छ । आँखाको अप्रेशन गर्नुपर्नेको लागि निशुुल्क गरिने आयोजकले बताएको छ र साथ साथै फ्रन्टलाईन हस्पिटलमा पनि अति विशेष सहुलियत उपचारको जानकारी कृष्ण नेपाली ले दिएका थिए।
उपचारका लागि थाक्रे गाउँपालिका ,गल्छी गाउँपालिका वडा नम्बर ५ र ७ मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७, र ८ का नागरिकहरुको उपस्तिथि रहेको प्रमुख राम कुमार आचार्यले दिएका थिए । शिविरमा थाक्रेका अध्यक्ष रामकुमार आचार्य , थाक्रे वडा नम्बर ६ का वडा अध्यक्ष हिरा बहादुर थापा, बाल बिकास कार्यक्रम नेपालका अध्यक्ष बाल कृष्ण भट्टराई, फ्रन्टलाईनका अस्पताल प्रशासन प्रमुख कृष्ण नेपाली र रबि खड्का रहेको थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend