logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले साङगितिक कार्यक्रम आयोजना गर्दै


  • जन आकाश
  • सोमबार, बैशाख ३१ २०८१

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्स्फरले यही आउदो मे १९ तारिखमा “उत्सव र उमङ्ग, सिटी एक्स्प्रेससँग” साङगितिक कार्यक्रम युएईस्थित बरदुबईको SK 7 क्लबमा आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् ।



चर्चित हास्य कलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, चर्चित आधुनिक गायिका मिलन नेवार, लोकप्रिय लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ती श्री परियार र कलाकार अन्जली अधिकारीले बिशेष प्रस्तुती दिने भएका छन् । आफ्नो ग्राहक बर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीहरुलाई मनोरन्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरले जान्कारी दिएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend