जन आकाश
काठमाडौ । नेपाल सरकारको २०८१/८२ को नीति तथा कार्यक्रको बिषयमा आज ईमानले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा आएका नेपाल सरकारका अर्थ सचिव मधु कमार मरासैनीले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले नेपालको परिस्थितिजन्य बिषयहरु सधै एकैनास हुदैनन् । तलमाथि भईरहन्छन् । कोभिड पछाडी बजारमा आएको मन्दी र मुद्रास्फ्रिदी समस्याले अटो क्षेत्रमा समस्या भएको थियो । अहिले नेपालको बैदेशिक मुद्रा १२ महिनाभन्दा बढीलाई पुग्ने सञ्जिती भएको हुनाले कथाले नै अव ठुृला लगानी गर्नुपर्छ भन्ने देखाएको उल्लेख गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी, इपानका अध्यक्ष राम बहादुर कार्कीले आ–आफ्नो व्यवसाय क्षेत्रको वारेमा धारणा राखेका थिए । अर्थसँग सम्बन्धित सर्वै निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि अर्थमन्त्री बर्षामान पुनले गर्ने भनेर प्रचार गरिएको भएपनि कार्यक्रममा आएका थिएनन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend