logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कैलालीको सुधार केन्द्रमा युवकको हत्या


  • जन आकाश
  • शुक्रबार, जेष्ठ ४ २०८१

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनर्स्थापना केन्द्रमा सुनिल शाहीको हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । २५ वर्षीय शाहीको हत्या आरोपमा पुनर्स्थापना केन्द्रका सञ्चालक बलराम खत्री र रोशन ऐरसहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी (डीएसपी) कवीन्द्र बोहराले  बताए ।



वैशाख २५ मा दिउँसो सुधार केन्द्रका सञ्चालक र आश्रितहरूले कुटेर शाहीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । मृतकको शरीर भरि निलडाम देखिएको छ ।

पक्राउ पर्नेमा बलराम खत्री, होम तामाङ, रोशन ऐर, विपुल सापकोटा, विनोद शाही, सुदर्शन अधिकारी, भूपेन्द्र खड्का, आकाश अधिकारी, नविन रावल, नमराज चौधरी, सञ्जिव मन्ने, सुमन भट्ट, गौरव आचार्य, कमल रिजाल र दुई जना नाबालक छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend