जन आकाश
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ स्थित चाबहिल चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरू भत्काउन थालिएको छ ।
महानगर प्रहरीले डोजर लगाएर घरहरू भत्काइरहेको महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारले जानकारी दिए । ‘घर भत्काउन थालिएको छ, कति भत्काइन्छ भन्ने विवरण सङ्कलनपछि भन्न सकिन्छ’ उनले भने ।
चाबहिल चोकबाट गौशालातर्फको मुख्य सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरूमा महानगरपालिकाले बिहानैबाट डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गर्दा सवारी आवागमनमा व्यवधान पुगेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend