जन आकाश
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–६ कोर्धकी ४५ वर्षीया धौली बडुवालको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार कोर्ध गाउँबाट २ घण्टा टाढा रहेको बुढाकोर्ध लेकमा गाईवस्तु हेर्न गोठमा बस्दै आएकी उनलाई सोमबार विहान आफन्तले मृत अवस्थामा फेला पारेका थिए ।
यो घटना अनुसन्धानका लागि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी दिलिपकुमार गिरीका अनुसार धौलीको टाउको र अनुहारमा गम्भीर चोट देखिएको छ । उनी बस्ने गोठको ढोका नजिकै रगत पनि देखिएको छ ।
प्रारम्भिक अनुसन्धानमा कुटपीटबाट धौलीको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । उनले लगाएका गरगहना र नगद उनीसँगै भएकाले लुटपाट गर्ने उद्देश्यले हत्या भएको नदेखिएको डीएसपी गिरीले बाए । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend