logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

जसपा नेपालको केन्द्रीय समिति निर्वाचन जेठ ३० गते


  • जन आकाश
  • बुधबार, जेष्ठ ९ २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन जेठ ३० गते हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार गरेको हो ।



कार्यतालिका अनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित, जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने जसपा नेपालका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बस्नेतले सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दावी बिरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने र त्यसैदिन ४ बजेसम्म सोउपर निर्णय गरिने जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend