जन आकाश
काठमाडौं । दुई फिल्म “फर्की फर्की”र “पुजार सार्की” बुद्ध जयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आउँदैछन्। दुवै फिल्मको अग्रिम टिकट बुकिङ खुला भइसकेको छ।
राम्रो हाइपका कारण प्रतीक्षित मानिएका दुईवटै फिल्मले उत्साहजनक शोज पाएका छन्। “फर्की फर्की” लाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले आफ्ना देशभरका आउटलेटमा ६१ शोज उपलब्ध गराएको छ।
आईएनआई, वान सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज लगायतले पनि फिल्मलाई उत्साहजनक शोज दिएका छन्। यस्तै, “पुजार सार्की” ले क्युएफएक्समा ५८ शोज पाएको छ। आईएनआई, वान् सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज् लगायतले पनि फिल्मलाई उत्साहजनक शोज दिएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend