logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कैलाश सिरोहिया धनुषा जिल्ला अदालतमा पेश


  • जन आकाश
  • बुधबार, जेष्ठ ९ २०८१

काठमाडौं । दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ ।



उनीमाथि अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले अदालतमा पेश गरेको हो । उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरी धनुषा पुर्याइएको थियो । उनलाई (बुधबार) अदालतमा पेश गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ किटानी जाहेरी दिएका थिए । जाहेरीको आधारमा जिल्ला अदालतले उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend