जन आकाश
काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक विशाल कोटी होम यज्ञ गरिने भएको छ ।
मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घ–संस्थाको आयोजनामा कोटी होम महायज्ञ सञ्चालन हुने भएको हो । उक्त महायज्ञ आगामी साउन महिना भरि चल्ने मद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर विजय कृष्णमुर्तीले जानकारी दिए ।
हाम्रो धर्म संस्कृतिको संरक्षण समग्र मानबजातीको सुख, शान्ति र समृद्धिका लागि महायज्ञ गर्न लागिएको बताए । नेपाल अध्यात्म भुमी हो । यस तपोभुमीबाट योग, ध्यान,प्रणाम धर्म, ज्ञान,साधना र विज्ञानको महत्व बिकास भएकाले हो भन्ने जानकारी र सन्देश समेत जनजनमा पुर्याउने महायज्ञको ध्येय रहेको छ ।
मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने पनि महायज्ञको उद्देश्य रहेको आयोजकहरूले जनाएका छन् ।
मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ । यस्तै, छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गास, बास, कपासका साथै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend