logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

देशमै भविष्य खोज्नेहरुलाई बाटो देखाईरहेका गुरागाईं


  • जन आकाश
  • बिहिबार, जेष्ठ १० २०८१

काठमाडौं । समयले कुनै बेला प्रश्न गर्यो, के गर्न सक्छस्  मैले समयलाई एक सलाम ठोकेँ र भनेँ, जिन्दगीको सबै परीक्षा दिन तयार छु । फेरि हाँस्दै सोध्यो, हारिस् भने । बढो दम्बका साथ भनेँ, भुइँबाट उठेको मान्छे हुँ, त्यसैले मेरा लागि हार र जितले खासै प्रवाह राख्दैन ।  जे आइलाग्छ, त्यही स्वीकार्य छ ।



यो संवाद प्रदीप गुरागाइँले आफ्नै जिन्दगीसँग गरेको संवाद हो । आफूले बाँचेको समयसँग गरेको संवाद हो । सर्लाहीको माटोमा जन्मिएर यही देशको सेवामा लागेका गुरागाईंले अहिले जिन्दगीका ४० शिशिरहरु बिताइसकेका छन् ।

मान्छे समयको साधक हो । समय मान्छेको निर्देशक हो । मान्छेले आफूलाई समयानुकूलित बनाउन सक्यो भने मात्र सफलताको सिँढी चढ्न सक्छ । गुरागाईंको जीवनको आरोह अवरोध पनि सामान्य छैन । उनी के बन्न चाहे, के बने । अहिले व्याख्या गर्न सक्दैनन् । मधेशको माटोमा जन्मिएर स्वदेशको सेवामा आफूलाई सुम्पेका उनले आफूलाई जहिल्यै सङ्घर्षको बाटोमा हिँडाइरहे ।

सहज थिएन, तराईमा जन्मिएर हुर्कनका लागि नेपालमा  त्यसमाथि अहिलेको मधेश प्रदेश पारिवारिक हिसाबले पनि उनले सानै उमेरमा जागिर खानुपर्ने बाध्यता थियो । उनले जागिर खानकै लागि नेपाली सेनामा भर्ती भए । माओवादीको सशस्त्र युद्ध चलिरहेकै थियो त्यतिबेला  त्यस्तो बेलामा सैन्य जिन्दगी बिताउनु भनेको मृत्युलाई हत्केलामा बोकेर हिँड्नु हो । उनले मृत्युको पर्वाह गरेनन् र सेनामा आफूलाई सुम्पिए ।

नेपाली सेनामा रहेर काम गरेका गुरागाईँले साँढे १९ वर्षसम्म आफूलाई देशको सेवामा समर्पण गरे । उनले जागिर खानकै लागी १८ वर्षको कलिलो उमेरमै सिपाही भएर नेपाली सेनामा भर्ती भए। आफ्नो जिन्दगीको करिब दुई दशक देशको सेवामा सुम्पिसक्दा पनि उनि थाकेका छैनन् ‌ । अहिले एस एस एकेडेमी बाट गुरागाईंले देशमै युवा टिकाउने अनवरत संघर्ष गर्दै छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend