logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कार्यदलको बैठक सिंहदरबारमा बस्दै


  • जन आकाश
  • बिहिबार, जेष्ठ १० २०८१

काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश टुंगो लगाउन बनाइएको कार्यदलको बैठक सुरु भएको छ ।



बिहीबार अपराह्न कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा सुरु भएको हो । आजको बैठकमा समितिको क्षेत्राधिकार र कार्यादेशबारे टुंगो लगाउने सहमतिको प्रयास हुने बताइएको छ ।

कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा कांग्रेस सह-महामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

आजको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend