जन आकाश
काठमाडौं । विश्वविख्यात अन्वेषक डा. वाङ होउ माङले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन सक्ने बताएका छन् । विभिन्न अन्तरर्राष्ट्रिय पुरस्कार प्राप्त सकेका डा.माङले नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी तथा शिक्षकहरूसँग अन्तरकृया गर्दै उक्त कुरा बताएका छन् ।
स्वतन्त्र अन्वेषणबाट प्राप्त ज्ञानमा सबैको समान तथा निःशुल्क पहुँच हुनुपर्ने कुरामा जोड दिँदै डा.माङले भूराजनिती र विकसीत भनिएका देशहरूको संकिर्ण व्यापारिक सोचले गर्दा त्यस प्रकारका अन्वेषण तथा शोधकार्यबाट प्राप्त ज्ञानमा सिमित व्यक्तिहरूको मात्र पहुँच भएको पनि जिकीर गरे ।
कार्यक्रममा उपस्थित तीस जना विद्यार्थीहरूलाई लक्षित गर्दै डा.वाङ होउ माङले अन्वेषण गरी नयाँ कुराहरू पत्ता लगाउँदाको सुखद् क्षणहरूको चर्चा गर्दै विद्यार्थीहरूलाई पनि अन्वेषणमा लाग्न प्रोत्साहन दिए । डा. वाङ होउ माङ सन् १९८६मा स्थापित चीन अन्वेषण तथा शोध समाजका अध्यक्ष छन्।
ललितपुरको प्रयागपोखरी स्थित कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा भएको कार्यक्रममा डा.वाङ होउ माङले अन्वेषण पछाडिको विज्ञानू शिर्षकमा कार्यपत्र प्रस्तुत गरे । कलेजका निवर्तमान प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कलेजको स्नातकोत्तर अध्ययन केन्द्रका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाहि, सोहि केन्द्रका उपप्राध्यापक प्रतिक सिंह ठकुरी सहित अन्य शिक्षकहरू उक्त अन्तरकृया कार्यक्रममा सहभागी थिए ।
एलो रिभर, याङ्ट्से रिभर र मेकङ रिभर सहित एसियाका ६ वटा प्रमुख नदीहरूको पाँच हजार मिटर भन्दा माथि उचाईमा रहेका मुहानहरू पत्ता लगाई विश्वविख्यात भएका डा. वाङ होउ माङले विगतमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय तथा नासाका अब्बल वैज्ञानिकहरूसँग सहकार्यगरी सेटेलाइट प्रविधिको माध्यमबाट तिव्वतबाट प्रारम्भ भएको एलो रिभरको मुहान पत्ता लगाउनु भएको थियो । पछि भू–धरातलीय अन्वेषणको लागि अन्य अन्वेषकहरू सहित ती क्षेत्रहरूको भ्रमण गर्नु भई उक्त नदीको मूल निर्क्योल गरेका थिए ।
अनुसन्धान तथा अन्वेषणको क्रममा उहाँले विभिन्न देशका आदिवासीहरूको प्रविधिहरू विश्व सामु उजागर गर्नु भई ती प्रविधिहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेकाछन् । त्यसैगरी विश्वका केही लोपोन्मुख जीवहरूको कृतिम गर्भाधानको माध्यमबाट उत्थानमा पनि उहाँको योगदान उल्लेखनीय छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend