logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

घुम्ति कवि गोष्ठीको १३८ औं श्रृङ्खला सप्पन्न


  • जन आकाश
  • आइतबार, जेष्ठ १३ २०८१

काठमाण्डौ । कवि ,लेखक तथा साहित्यकारहरुको नियमित रचना वाचन अन्तर्गत घुम्ति कवि गोष्ठी नेपालको १३८ औं श्रृङ्खला सम्पन्न गरिएको छ ।



शनिवार बिहान चुच्चेपाटी,चावहिल स्थित मनास्लु वर्ल्ड कलेजमा आयोजना गरिएको कार्यक्रम घुम्ति कवि गोष्ठी नेपालका संस्थापक तथा आजीवन सदस्य ढुण्डिराज पोखरेलको सभापतित्वमा उपन्यास समाज नेपालका अध्यक्ष शङ्कर भारतीको प्रमुख आतिथ्यमा गोविन्द प्रसाद घिमिरे ‘’बेदमणी’’को समालोचकीय भूमिका सहित आध्यात्मिक चिन्तक तथा साहित्यकार अच्युत पौडेल ‘’चिन्तन’’को आतिथ्यमा करिव चार दर्जन साहित्यिक सर्जकहरुको समुपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा दिया खड्का सरस्वती माताको वन्दना गर्दै दिया खड्काले साहित्यिक घुम्टो उघारेकी थिइन् भने अनुश्री न्यौपानेले ‘आमा’शिर्षकको कविता वाचन गर्दै माहोललाई भावुक बनाइन् । सो अवसरमा शुशिल आचार्यद्वारा सुशेली वाचन , दीपक लोहनीद्वारा ‘युवती र फूल’ शिर्षकको लघुकथा वाचन, कात्यायनद्वारा ‘छायाँ’ सुत्रकविता वाचन, वसन्त रिजालद्वारा समसामयिक विषयवस्तुमा आधारित ‘एक्लो बृहस्पति’ कविता वाचन, गरिएको थियो ।

‘देशलाई हराएर तिमिलाई किन जिताउनु’ भन्दै बुद्धिसागर पौडेलले कार्यक्रममा रौनकता प्रदान गरेका थिए ।त्रिलोचन आचार्य जीवन कुलो भन्दै पानी बगेपनि कुलो बनाउनेका गफै ठूलो आशयको कविता सुनाएक थिए । घुम्ति कवि गोष्ठीका अध्यक्ष माधवलाल श्रेष्ठले आगामी दिनमा संस्थाका कार्यक्रमहरु बारे जानकारी गराँउदै केही मुक्तक सुनाएका थिए भने रमिता शिर्षकमा रामचन्द्र दाहलले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा कार्यक्रमका सभापतिका रुपमाा रहेका ढुण्डिराज पोखरेल द्वारा लिखित तथा संकलित गरिएको भजनभक्तिमाला भजनसङ्ग्रह विमोचन समेत गरिएको थियो । यसैगरि विमोचित कृतिबाट केही भजनहरु कार्यक्रमको संचालकको भूमिका निर्वाह गरेका राजकुमार पण्डितले केही भजन वाचन गरी सुनाएका थिए भने लेखक स्वयंले लेखकीय मन्तव्य राखेका थिए । यसैगरि उक्त कार्यक्रममा सुशेलीका प्रवर्तकका रुपमा प्रसिद्धि कमाएका दुर्गा अधिकारी ‘भमरकोटे’ सुशेली प्रस्तुत गर्दै आवश्यक सूचना प्रवाहित गरेका थिए ।

यसैक्रममा अव किसानहरु उठ्नुपर्छ भन्दै कवि ओमप्रसाद घिमेरे प्रकृतिको प्रसस्तिगानमा मग्न देखिन्थे भने बनौ म प्रबुद्ध बुद्ध भन्दै कवि सारदा पराजुली आफ्नाा रचनामा पञ्चशीलको पालनालाई रचना मार्फत जोड दिंदै थिइन् । सुशिला श्रेष्ठ सुनको पिंजडामा के ऊ खुशी छ ? सुरेशचन्द्र घिमिरे ब्यंग्यात्मक गणतन्त्रले मूलमन्त्रले ब्यंग्यात्मक कोपिला , विमल अर्याल ‘किन बोल्दैन धरहरा’ समसामयिक कविता वाचन , यादेवी ढकालद्वारा ‘उनको बाटो नछेक’ कविता वाचन गरिएको थियो ।

भने कविता पवन गर्तौला आदर्श र त्यागका प्रतीक हुन् श्रीराम भन्ने आशयको चारु जयराम बिडारीद्वाराा मुक्तक, महेश्वर खनाल विदेश जाने युवा लक्षित कविता ,परशुराम पराशर बनौं म प्रबुद्ध बुद्ध छन्द कविता, थरेन्द्र बराल चोटिलो हास्य ब्यंग्य कविता, एन. बि. जनकपुरी ‘पिरतीका कुरा मिठा पिरतीकै गीत मिठो’ दासमुक्ति अझै सम्भव छैन भनि १९७७ देखिको ऐतिहासिक फ़ेहरिस्त प्रस्तुत गरिएको थियो । आध्यात्मिक सुख दिगो रहने र भौतिक सुख क्षणिक रहने भन्दै अच्यूतप्रसाद पौडेल ‘चिन्तन’द्वारा ज्ञानमाला बाट अच्युतम केशवम् शिर्षकको भजन प्रस्तुत गरिएको थियो ।

कवि गोष्ठीमा सम्मिलित भएका मनास्लु कलेजका प्राचार्य राजन श्रेष्ठ ‘ धरातल ‘ ले धरातल शिर्षकमा कविता वाचन गरेका थिए । यसैगरि कवि खुश्वु रिजालले ‘जिन्दगी एक महाभारत’ र रुबि सत्यालले युग शिर्षकको कविता तथा तोयनाथ तिवारीले पानी बन्नु छैन कविता वाचन गरेका थिए । कार्यक्रममा कपन बानेश्वर साहित्यिक साप्ताहिकका सम्पादक निवन्ध आचार्यद्वारा कबाको विशिष्ट सदस्य बनेर कबा साहित्यकार उपचार कोषमा सम्मीलित हुन खोज्नेहरुका लागि आवश्यक सूचना प्रवाह गर्दै घोषणा गरिएको भाग्यशाली पुरस्कार मनास्लु कलेजमै कार्यरत सारदा पराजुलीले प्राप्त गरेकी थिइन् ।

अन्त्यमा समिक्षक गोविन्द प्रसाद घिमिरे ‘’बेदमणी’’द्वारा गोष्ठीमा प्रसतुत भएका रचनाहरुका बारेमा बोल्दै कविता सुन्दा कुनै पट्यार नवागेको सवै रचनाहरु विशिष्ट भावानुभूती मा सिर्जना भएकोले साच्चैको कवि गोष्ठी भएको महशुष भयो भन्दै साङ्गोपाङ्गो समिक्षा गरिएको थियो । प्रमुख अतिथि शंकर भारतीले कविता लेख्ने सवै साहित्यकार हुन्छन् कि हुदैनन् अनि साहित्यकार सवै कवि हुन्छन् कि हुँदैनन् भन्दै बिधागत रुपमा प्रस्तुत गरिएका सामग्री कत्तिको समाज उपयोगी रहन्छन् र तीनले कसरी दिशानिर्देश गर्छन् त्यो चाहिं महत्वपूर्ण रहने बताउंदै सुन्दर सृजना श्रवण गर्ने अवसर जुटेकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रमका सभापति ढुण्डिराज पोखरेलद्वारा आजको भौतिकयुगमा समाज उपयोगी सक्रिय र सार्थक जीवनका लागि क्रियाशीलता अपरिहार्य रहेको बताउँदै जीवनको महत्ता सिर्जनशीलतामा देखिने विचार व्यक्त गरेका थिए भने उपस्थित सर्जकहरुको सहभोजनको ब्यवस्था समेत मिलाइएको थियो । कार्यक्रमको सञ्चालन रामकुमार पण्डितले कुशलता पूर्वक गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend