logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

” सुसेली “वाचन सम्पन्न


  • जन आकाश
  • बिहिबार, जेष्ठ १७ २०८१

कठमाडौ। “आमा” बृहत् सुसेली शोककाव्यका लेखक ,सुसेलीका परिकल्पनाकार दुर्गा अधिकारी भँमरकोटेले आयोजना गर्नुभएको सुसेलीवाचन कार्यक्रम आज सम्पन्न भएको छ । मिलनचोक पार्टी भेन्यु,पञ्चकुमारी,कपन मिलनचोकमा सो कार्यक्रमआयोजना गरिएको थियोे ।



गत वर्ष ९३ वर्षको उमेरमा दिवङ्गत हुनुभएको दुर्गा अधिकारी भँमरकोटेकी ममतामयी माताजी तिलकुमारी अधिकारीको वार्षिकी कार्यक्रम हिजो सम्पन्न भएर आज पूजाको कार्यक्रमका साथै यो मातृस्मृति सुसेली वाचन कार्यक्रम आयोजना गरिएको हो ।

आज सो कार्यक्रममा उपस्थित हुनुहुनेहरूमा गोविन्द घिमिरे वेदमणि,विमल अर्याल , खोलाघरे साहिंलो ,डिल्लीप्रसाद मुल्तिहुन,शारदा पराजुली ,चन्द्रा न्यौपाने,द्वारिका कुइँकेल,डा. बमबहादुर थापा जिताली,कल्पना भट्टराई ,पूनम घिमिरे ,गङ्गा लिगल,वासुदेव ठकुरी ,सुरेशचन्द्र घिमिरे ,टङ्कबहादुर बजगाईं, पार्वती पौडेल घिमिरे ,ओमप्रसाद कोइराला,उत्तम भेटवाल,कृष्णप्रसाद पौडेल ,सुमित्रा श्रेष्ठ ,माधवलाल श्रेष्ठ ,टेकबहादुर लौडारी,विमुन्स पौडेल ,डा. शैलेन्दुप्रकाश नेपाल,सुचिता काफ्ले ,सुशीला ढकाल अधिकारी ,सुशील आचार्य ,निबन्ध आचार्य ,मधुसूदन पाण्डे ,थरेन्द्र बराल,सरस्वती गौतम आदि सयौंको संख्यामा हुनुहुन्थ्यो ।

अधिकांश स्रष्टाहरूले दिवङ्गत माताजी तिलकुमारी अधिकारीमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै ” आमा” वृहत् सुसेली शोककाव्यबाट सुसेलीहरू वाचन गर्नुभएको थियोे । कार्यक्रमको आरम्भमा नै श्रद्धाञ्जलि अर्पण गर्न १ मिनेट मौनधारण गरिएको थियो ।
दुर्गा अधिकारी भँमरकोटे ” सुसेली” का अभियन्ता हुनुहुन्छ र उहाँले साहित्यको उत्थान,विकासमा अरू पनि सराहनीय कार्यहरू गर्दै आउनुभएको छ ।

उदारमना,मिलनसार,दायित्वबोधी व्यक्ति दुर्गा अधिकारी भँमरकोटेलाई हार्दिक बधाइ,अनेक शुभकामना !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend