जन आकाश
पाल्पा। पाल्पा रामपुर नपा १० मूना मेमोरियल ट्रष्टको सामुदायिक भवनमा १४ औं मूना अधिकारी पौड्याल स्मृति समारोह तथा जनकल्याण मावि रामटारबाट २०८० सालको एसइई मा उत्कृष्ट नम्बर ल्याउने छात्रा सविता पाठकलाई प्रशंसा द्वारा सम्मान र नगद पुरस्कार प्रदान गरियो ।
ट्रष्टका अध्यक्ष जनार्दन अधिकारीको सभापतित्वमा र प्रमुख अतिथि रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाको समुपस्थितिमा भएको उक्त समारोहमा उपमेयर थापाले मन्तव्य दिनु हुँदै ट्रष्टको छात्रवृति कार्यक्रमले विद्यार्थीलाई हौसला दिने कार्य भएको भन्नु हुँदै मूना दिदीको जीवनी सुनेर र उहाँको उच्च सोचको मूल्याङ्कन गर्दै भवन अगाडिको प्राङ्गण निर्माणमा नगरले वजेट विनियोजन गर्ने कुरा व्यक्त गर्नु भयो ।
सो अबसरमा रानपा १० वडा सदस्य पिताम्वर ओस्ति,जनकल्याण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भण्डारी,विद्यालय प्रधान अध्यापक आनन्द भण्डारी,पूर्व शिक्षक बाबुराम तिमल्सिना,शोभाकान्त भण्डारी,समाज सेवीहरु नोलराज भण्डारी,जगन्नाथ तिमिल्सिना,रामकृष्ण भण्डारी,ज्ञानप्रसाद भण्डारी,महिला नेतृ दुर्गा भण्डारी, पार्वती न्यौपाने,पुरस्कृत विद्यार्थी सविता पाठक र अविभावक माया पाठकले मूना मेमोरियल ट्रष्टको योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend