जन आकाश
मोहन कार्की ।
काठमाडौ । यहि मितिः २०८१ साल जेठ १९ गते साग्रीला डेभलपमेन्ट बैक लिमिटेडले तेस्रो साग्रीला इभरग्रीन साईकल ¥याली कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौको सानो गौचरणको मैदानमा बिहान ७ बजे साइकल चालकहरुलाईं आमन्त्रणको सूचना एक हप्ता अगाडी नै गरिएको थियो ।
उक्त सूचनालाई आधार मानेर १४७० जनाले अनलाईन फारम भरेका थिए । भने आज बिहानैवाट सानो गौचरण चौरमा अनलाईन फारम नभरेकाहरुले लिखित फाराम पनि भरेका र कतिपय फाराम नभरी पनि साईकल ¥यालीमा सहभागी भएका थिए ।
सहभागी साइकलयात्रीहरुलाई सम्बोधन गर्दै साग्रीला डेभलपमेन्ट बैककी बोर्ड अफ डाईरेक्टर लिसा सेरचनले वातावरण जोगाउन आएका सवै साईकल यात्रीहरुलाई धन्यवाद दिएकी थिइन ।
लगभग २५०० सयको हाराहारीमा साईकलयात्रीहरुले भाग लिएको साग्रीला इभरग्रीन ¥याली सानो गौचरणवाट नागपोखरी, दरवारमार्ग हुदै भद्रकाली सिहंदरवार अगाडीवाट बबरमहल हुदै विजुली बजारको पुलवाट प्रभु बैकको हेड अफिस अगाडीवाट धोवी खोलाको किनार हुदै मैतिदेवीको पुलवाट पुरानो वानेश्वर हुदै गौशला चोकवाट रातोपुल हुदै ज्ञानेश्वर चोकवाट पुनः सानो गौचरणमा पुगेर साईकल यात्रा रोकेर आराम गरेका थिए ।
साईकल यात्रीहरुलाई ¥याली पछाडी स्वयम सेवकहरुले खाजाको राम्रो व्यवस्था गरेका थिए । सोही अवसरमा साग्रीला डेभलपमेन्ट बैकका सिइओ सुयोग श्रेष्ठ र बैकका सञ्चालकहरुले संयुुक्त रुपमा साग्रीला ग्रीन सेभिङ एकाउन्ट उदघाटन गरेका थिए ।

उक्त अवसर पारेर बिद्युतिय सवारी साधन विक्रेता कम्पनीहरुले उक्त वातावरण संरक्षण अभियानलाई साथ दिएका थिए । उनिहरुले आफ्ना प्रतिनिधि खटाएर साइकल यात्रीहरुलाई सहजीकरण गरेको देखिन्थ्यो । जसमा सिप्रदी कम्पनीका प्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
सोही अवसर पारेर साइकल विक्रेता कम्पनीहरुले निशुल्क मर्मत गरिदिएका थिए । भने साग्रीला इभरग्रीन कार्यक्रममा भाग लिएका साईकलयात्रीहरुलाई आउदा दिनमा साइकल मर्मत गर्नुपरेमा विशेष छुटको अफर सहितको कार्यक्रम राखेको देखिन्थ्यो ।
उक्त कार्यक्रमलाई सहज बनाउन नेपाल ट्राफिक प्रहरी, एमबुलेन्स सेवा, मेडिकल टिम, स्वम सेवकहरु बाक्लो रुपमा खटिएका थिए । उक्त साग्रीला इभरग्रीन अभियानलाई साथ दिन १४ वटा कम्पनीहरुले साथ दिएका थिए । कतिपय कम्पनीहरुले कार्यक्रममा भाग लिएका साइकल यात्रीहरुलाई अनलाइन फारम भरेका रजिष्ट्ररको नम्बरिङको आधारमा सहभागीहरुवाट नै नम्बर छान्न लगाएर बिभिन्न पुरुस्कार वितरण गरिएको थियो ।
भने साग्रीला बैकले बम्परको रुपमा लगभग ८० हजार पर्ने साईकल राखेको थियो । उक्त साईकल रविन राजचलले जितेका थिए । उक्त साईकल बैकका सिइओ सुयोग श्रेष्ठ, डेपुटी सिइओ अपूर्व जोशी लगायत बैकका पदाधिकारीको संयुक्त रोवरमा वितरण गरिएको थियो ।
साग्रीला ईभरग्रीन अभियानलाई साथ सहयोग गर्ने सहयोगी पार्टनरहरुलाई बैकको तर्फवाट मायाको चिनोले माया गरिएको थियो । साग्रीला बैकका डेपुटी सिइओ अपूर्व जोशी सवेरै देखि ग्राउनमा साइकलमा यात्रा गरी सानो गौचरणमा आईपुगेका थिए । उनि कार्यक्रमको अन्तिमसम्म रहेका थिए ।
विहान ७ बजेवाट चलेको कार्यक्रममा अत्यन्तै राम्रो देखिएको थियो । तर साबित्र श्रेष्ठ नामकी एकजना साइकल यात्रीको साईकल साईकल ¥याली सकेर आईसकेपछि राखिएको ठाउँवाट हराएको भनि आयोजकसँग खोजिदिन आग्रह गरेकी थिइन । तर कार्यक्रम सकिदासम्म पनि साइकल नभेटिएपछि उनि रोईरहेकी देखिन्थिइन ।
आयोजकका पदाधिकारीहरुले उनलाई साईकलको बीलसहित कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेका थिए । कार्यक्रम समापन पछि साईकल यात्रीहरु भीडमभाड गर्दै आ–आफ्नो गन्तव्यमा लागेका थिए ।
वातावरण सरक्षणका लागि हुने जुनसुकै कार्यक्रममा जन आकाश मिडियाले सहभागिता जनाउदै आएको छ । यस साग्रीला इभरग्रीन अभियानमा पनि सोही अनुरुप सहभागी भएको हो ।
नेपालवाट बार्षिक रुपमा पेट्रोलियम पदार्थको लागि ४ खर्ब जतिको धनराशि बाहिरिन्छ भने वातावरण पनि उत्तिक्कै प्रदुषण भईराखेको हुन्छ ।
अर्को तर्फ सवारी साधनमा यात्रा गर्दा शारीरिक व्याम नपुुग्दा मानिसमा अनेक खालका रोग पनि लाग्ने गरेकाछन् । यि यस्ता कारणले गर्दा सकेसम्म छोटो दुरीमा साईकलमा यात्रा गर्ने वानी बसाल्ने सकिदैन भने विद्युतिय सवारी साधन प्रयोग गरेर देशलाई फाइदा पु¥याउने, स्वास्थ्यलाई स्वास्थ्य राख्न साइकलमा यात्रा गर्ने, वातावरणलाई जोगाउन साईकल र विद्युतिय सवारीहरुको प्रयोग गरी असल नेपालीको परिचय दिन सक्नुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend