जन आकाश
काठमाडौ । यही २०८० जेठ १९ गते सुसेलीका संस्थापक अध्यक्ष तथा सुसेली प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको संयोजकत्वमा संचालन भएको राष्ट्रिय सुसेली मञ्च नेपालको त्रिपन्नौं कार्यक्रम मञ्चकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको स्वागत मन्तव्यबाट सुरु गरि सन्चालन भएको थियो ।
१५ जना कवि साहित्यकारहरूको उपस्थितिमा संचालित यस स्वतन्त्र सुसेली गायन/वाचन कार्यक्रममा विशिष्ट अतिथि कविहरूले विविध विषयमा आफूले रचना गरेका सुसेली गाएर सुनाउनु भएको थियो ।
सुसेली गायन/वाचनमा सहभागी अतिथि कवि सुसेलीकारहरूमा , उत्तम विचार भेटुवाल, चन्द्रा न्यौपाने, घनश्याम पौडेल, विमल अर्याल, द्वारिका कुइँकेल, लक्ष्मीप्रसाद मिश्र, वासुदेव ठकुरी, डिल्लीप्रसाद मूलतिहुन, रामप्रसाद अधिकारी लगायतका कविहरूले विविध विषयमा सुसेली गाएर सुनाउनुभयो । प्राविधिक कारणले कतिपय कविहरू कार्यक्रममा सहभागी हुन असमर्थ हुनुभएको थियो ।
अन्तमा अध्यक्ष दुर्गा अधिकारी भ्रमरकोटेले सुसेलीको यो त्रिपन्नौं कार्यक्रममा उपस्थित सहभागी र सहयोगी सबै कवि साहित्यकारहरूमा धन्यवाद ज्ञापन गर्नुका साथै जन्मभूमि नेपालको युगकवि सिद्धिचरण जयन्ती विषेश कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुका साथै कपन बानेश्वर साहित्यकार उपचार कोषमा सहभागिता जनाउन र सुख शान्ति मिडिया द्वारा हरेक मंगलबार प्रसारण हुने टेलि चलचित्र दामुको घरपरिवार हेरि स्वस्थ प्रतिक्रिया तथा सुझाव सल्लाहको आग्रह सहित भरखरै समापन भएको वार्षिकोत्सबमा वितरण भएका सम्मान लिन बाँकी भएका सम्मानित उत्कृष्ट सुसेली सर्जकहरूले सुख शान्ति मिडियामा सम्पर्क गरि सम्मान ग्रहण गर्न अनुरोध गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend