logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

हेलम्बुमा गेटट्रेल साहित्यिक यात्राको कृति “हेलम्बु दर्पण” लोकार्पण


  • जन आकाश
  • सोमबार, जेष्ठ २८ २०८१

जयराम बिडारी



सिन्धुपाल्चोक– ‘जलवायु परिवर्तन र हेलम्बुको पर्यटन प्रवर्द्धन’ भन्ने नारा सहित आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र साहित्यलाई एकसाथ अभिवृद्धि गर्ने उद्देश्यले दर्जनौं स्रष्टाहरुद्वारा लेखिएको यात्रा साहित्य ‘हेलम्बु दर्पण’ लोकार्पण गरिएको छ ।

एशियन पर्वतारोहण संघ तथा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष एवं पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । हेलम्बु गा.पा. अध्यक्ष नीमा ग्याल्जेन शेर्पाको सभापतित्व तथा इतिहासकार दिनेशराज पन्तको विशेष आतिथ्यमा काठमाडांैबाट आमन्त्रित गरिएका दर्जनौं साहित्यकार, पत्रकार तथा लेखकहरुको समुपस्थितिमा हेलम्बु ६ घोप्टेघ्याङ स्थित हेलम्बु बोधिसत्व मोडल स्कुलमा आयोजित विशेष साहित्यिक कार्यक्रम तथा पुस्तक लोकार्पण सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा राजधानीबाट आमन्त्रित साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’ साहित्यकार तथा उपप्राध्यापक आरएम डङ्गोल, यात्रा संयोजक एवम् प्रशिद्ध नियात्राकार राजेन्द्रमान डङ्गोल, टानका पूर्व अध्यक्ष दीपक महत, गाऊँ पर्यटन प्रवर्द्धन मञ्च नेपालका पूर्व अध्यक्ष बोधराज भण्डारी, समिक्षक राजकुमार बानियाँ, भूँडी पुराणका डाइरेक्टर केशव पराजुली, नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार दील पौडेल सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल, समिक्षक माधव घिमिरे ‘अटल’, साहित्यकार रुबि सत्याल, आख्यानकार प्रभा बराल, तथा साहित्यकार नवीन ‘पल्लव’ को समुपस्थितिमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले उक्त पुस्तक विमोचन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङछिरिङ शेर्पाले नेपालको बृहत्तर विकासका लागि पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । सोही क्रममा केही दशक अघिसम्म छिमेकी मित्र राष्ट्रहरुको पर्यटनको अवस्थाका बारेमा चर्चा गर्दै हाम्रा सरकारले पनि त्यसका निमत्त प्रभावकारी नीति निर्माण गरी उचित वातावरण बनाउँनु पर्ने कुरामा जोड दिए । यसैगरि श्रीओम श्रेष्ठ रोदनले गीत संगीतको माध्यमबाट पहिल्यै देखिनै चर्चित रहेको उल्लेख गर्दै यहाँको स्याऊ उत्पादन मार्फत हेलम्बु आर्थिक रुपमा समृद्ध हुने बताए । जलवायु परिवर्तनका कारण यस क्षेत्रमा नकारात्मक परेको असर परेको बताउदै हेलम्बु राजधानिबाट नजिकै भएरपनि प्रचार प्रसारको कमिको कारण ओझेलमा परेको उल्लेख गरेका थिए । बर्तमान गा.पा. अध्यक्ष नीमा ग्याल्जेन शेर्पाको निशुल्क स्वास्थ्य शिक्षा जस्तो आधारभुत आवस्यकता जस्ता कार्यक्रम चलाएर नेतृत्व सक्षम भएमा विकासको लागि लामो समय कुर्नु नपर्ने बताएका थिए ।

उक्त कार्यक्रमका लागि स्रष्टाहरुले गत फागुन ६ र ७ गते गरी करिव डेढ दर्जन अग्रज साहित्यकारले यस कृतिका लागि यात्रा गरेका थिए । तत् समयमा साहित्यकारहरुले घोप्टेघ्याङ, गेटट्रेल यात्रा तथा हेलम्बुका विभिन्न स्थान लगाएत कुटुमसाङ सम्मको अवलोकन भ्रमण गरेका थिए । सो अवसरमा कार्यक्रमाका सभापती समेत रहेका हेलम्बु गा.पा अध्यक्षले तत्कालीन समयमा लेखक, साहित्यकारहरुको समूहलाई हेलम्बुका विषयमा निकट भविष्यमा लेखिने पुस्तक गाउँपालिकाले नै प्रकाशित गरिदिने भनि दिएको आफ्नै बाचा पुरा गर्न पाएकोमा गा.पा. अध्यक्ष ग्याल्जेनले खुशी व्यक्त गरे । यसले हेलम्बुको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्नेछ, भन्ने विस्वास व्यक्त गर्दै यस कृतिका लागि वरिष्ठ साहित्यकार र स्रष्टाहरुले अत्यन्त मिहिनेत गर्नुभएको छ, शेर्पाले भने ।

उक्त पुस्तकमा चर्चित नियात्राकार तथा यात्रा संयोजक (लेखक) राजेन्द्रमान डंगोल, वरिष्ठ साहित्यकारहरु आरएम डंगोल, माधव घिमिरे अटल, राजकुमार बानियाँले सम्पादनसहित हेलम्बुको स्याउ, षडाक्षरी धर्मचक्र पर्खाल (हिमालयन गुरु रिन्पोछे ट्रेल), आमायांग्री, अम्बाथान झरनाबारे रोचक कथा र नियात्रा लेखेका छन् ।

पुस्तकमा अन्य स्रष्टाहरु प्रा.डा. ऋषिराम शर्मा, कुमारी लामा, केशव पुडासैनी ‘विमल’, जयराम विडारी, प्रभा बराल, डा. विन्दु शर्मा, माधव घिमिरे ‘अटल’, लक्ष्मी माली, लक्ष्मी रुम्बा, स्नेह सायमीले आ–आफ्ना साहित्य सृजना पस्किएका छन् ।

मन्तब्यको क्रममा टानका पूर्व अध्यक्ष दीपक महतले पर्यटन र साहित्य गरि दुइ क्षेत्रमा पाइला राखेर पनि राजेन्द्र मान डङ्गोलले सुरक्षीत अवतरण गरेकोमा सन्तोश व्यक्त गर्दै रचनाको माध्यम बाट पाठक स्वयम हेलम्बु पुगेको अनुभुती गर्ने बताउँदै पर्यटनको क्षेत्रमा आबद्ध रहेको लामो समयमा आफुले यता थुप्रै पर्यटक पठाएता पनि आफु स्वयम् भने भर्खरै आउन संयोग मिलेकोमा यहाँको सुन्दर्ताले मोहित बनाएको बताए ।

सोहि अवसरमा यात्रा संयोजक तथा नियात्राकार राजेन्द्रमान डङ्गोलले काठमाडौँबाट नजिकै पर्ने नुवाकोट, रसुवा, दोलखा र रामेछापको सँधियारको रुपमा रहेको जिल्ला भएरपनि पर्यटन र साहित्यको माध्यमबाट यहाँको सौन्र्दयता, भाषा, कला, साहित्यलाई जोड्ने कडिको रुपमा पटक पटक यात्राको संयोजन गरि साहित्यको क्षेत्रबाट हेलम्बुको विकासमा समेत योगदान पुगोस भन्ने अभिप्रायत रहेको बताए । सोहि क्रममा इतिहासविद् दिनेसराज पन्तले साम्बोटा तथा संस्कृत भाषाको शिक्षा दिएर यहाको गा.पा अध्यक्ष निमा ग्याल्जेनले महत्वपुर्ण कार्य गरेकोमा सन्तोष व्यक्त गरे । हेलम्बु आफ्नो बुडो मावली गाउँ रहेको चर्चा गर्दै आफुभने जिवनको उत्तरार्धमा यहाँ आउन पाएकोमा अत्यन्त खुसि लागेको बताए । पदमसम्भवले तपस्या गरेको पवित्र भुमि हेलम्बु तथा पुराणमा उल्लेख भएअनुसार कहिले नास नहुने आमा याङग्रीको एतिहासिक महत्व रहेको बताएका थिए ।

पुस्तकमा हेलम्बुको शिरमा रहेको सेमिसिदाङ, आमायांग्री, खरानेजस्ता दर्जनौं हिमश्रृंखलाको काखमा रहेको भव्य जंगल, पहाड, झरनामात्रै नभई बौद्ध धर्मको पुराना इतिहासबारे उल्लेख छ । बौद्ध धर्मको प्रसिद्ध सम्प्रादय बज्रयानका महान् गुरु रिन्पोछे पद्मसंम्भवको तपोभूमिबारे चर्चा पुस्तकमा पाइन्छ ।

उक्त कार्यक्रममा हेलम्बु बोदिसत्व मोडल स्कुलका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरि सोही विद्यालयका शिक्षक जगत ठगुन्नाले गीत गाएर कार्यक्रममा रौनक्ता बढाएका थिए भने कवि रुबि सत्यालले कविता वाचन गरेकी थिइन । कार्यक्रम पश्चात साहित्कारहरुको टोलिले निर्माणाधीन षडाक्षरी धर्मचक्र पर्खाल (गेट ट्रेल)को अवलोकन गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend